Home » » संविधान पुनर्लेखन हुनुपर्छ : यादव

संविधान पुनर्लेखन हुनुपर्छ : यादव

मंसिर २८, २०७२- संघीय
समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले
अहिलेको संविधान पुनर्लेखन हुनुपर्ने
बताएका छन् । शान्त, स्थिरता र समृद्ध
नेपाल बनाउनका लागि राज्यका सबै
निकायमा समावेशीता आवश्यक पर्ने
भन्दै उनले अहिलेको संविधानले त्यस्तो
व्यवस्था नगरेकाले कार्यान्वन नहुने
भएकाले पुनर्लेखन आवश्यक रहेको बताएका
हुन् ।
‘अहिले समावेशी लोकतन्त्रको युग हो,’
तमुवान् र मगराँत प्रदेशको माग गर्दै
सोमबार यहाँ आयोजित सभालाई
सम्बोधन गर्दै यादवले भने, ‘तर अहिलेको
संविधानले त्यसलाई आत्मसात् नगरेकाले
परिवर्तन गर्नुपर्छ ।’
उनले मुलुकभित्रको समस्या यहीनै
समाधान गर्नुपर्ने बताए । संविधानले
पहिचान र सामथ्र्यलाई छाडेकाले
मधेसी तथा जनजाति आन्दोलित
हुनुपरेको उनको भनाइ थियो ।
‘अहिलेको समस्या आन्तरिक मामिला
भएकाले देशभित्रैबाट समाधान गर्नुपर्छ,’
उनले भने, ‘लडाई, आन्दोलन, समस्या जे भने
पनि हाम्रो आफ्नै हो । समाधान पनि
यहीबाट हुनुपर्छ । भारतलगायत
विदेशीलाई गुहार्नु आवश्यक छैन ।’ मधेसी
दल र आदिवासी जनजातिसंग भएका
सम्झौता कार्यान्वयन गरेमा आफूहरु
आन्दोलन छाड्न तयार रहेको उनको
भनाइ थियो ।
अहिले सरकारसँग १४ पटक वार्ता भए
पनि सरकारको कुनै एजेन्डानै नरहेको उनले
आरोप लगाए । सरकार अझै आन्दोलन
भइरहोस् भन्ने चाहना राखेको आफूले
पाएको उनले बताए ।
‘वीरगंजबाहेक अन्य नाका खुला रहेको र
इन्धन तथा ग्यास प्रयाप्त आए पनि त्यो
कमिसन खोर र कालोबजारियाको
हातमा पुगेकाले सर्वसाधारणले दुख
पाएका छन्,’ उनले भने, ‘दोष मधेसीलाई
दिएर सरकारमा बसेकाहरु कालो
बजारीबाट कमाउने धन्दामा लागेका
छन् ।’
आफूहरुको भारत भ्रमणले भारतले मधेसी
आन्दोलनप्रति राखेको कुदृष्टिलाई
समाप्त पारेको उनले बताए । सरकारले
भारतलाई पत्र लेखेरै मधेसी आन्दोलन
दवाउन आग्रह गरेको दावी गर्दै उनले
आन्तरिक मामिलामा हस्तक्षेप गर्न
उक्साउने सरकार र दलहरु राष्ट्रवादी हुन
नसक्ने बताए ।
सभामा प्राडा ओम गुरुङ, थरुहट संघर्ष
समितिका भानुराम चौधरी,
लिम्बुवानका कुमार लिङदेन, नयाँ शक्ति
तमुवान इन्चार्ज देबेन्द्र पराजुली,
जनजाति नेताहरु पासाङ शेर्पा, महेन्द्र
थापामगर, तमु धि अध्यक्ष कर्मा
गुरुङलगायतले सम्बोधन गरेका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved