प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मधेशी मोर्चाको मुख्य चासो सत्तामा
रहेको भन्दै सरकार मोर्चालाई चाहिए जति मन्त्रालय दिन तयार रहेको बताएका छन् ।
मोर्चाको कुनै माग नै नभएको र निहुँ मात्र खोजिएको जस्तो भान भएको उनले बताए ।
रिमालले भने, ‘मधेसी मोर्चा त भन्दैछ, प्रधानमन्त्रीले सत्ता नछोडेसम्म अहिलेको समस्याको समाधान हुँदैन
। त्यो उहाँहरुले शुरुमै भनेको भए राम्रो हुने थियो । संविधान मन परेन भन्नुको सट्टा के पी ओली भएन, मन परेन
भनेको भए त्यहीबाट हाम्रो कुरा शुरु हुन्थ्यो । तीन महिनासम्म जनतालाई दुःख दिएर अन्तिममा म्याउँ
गर्नुभयो । उहाँहरुलाई चाहिएको प्रधानमन्त्री हो रहेछ ।’
सल्लाहकार रिमालले मोर्चालाई चाहिएको जति मन्त्रालय दिन प्रधानमन्त्री तयार रहेको पनि बताए ।
रिमालले भने, ‘कतिवटा मन्त्रालय चाहिएको हो । हामी त नेपाली कांग्रेस लगायत सबैलाई भनेका छौं ।
अहिले सत्तापक्षा र प्रतिपक्ष हुने होइन । अहिलेको बेला भनेको संविधान कार्यान्वयनमा सबै एकभएर
लाग्ने हो । यो त हामीले शुरुदेखि नै भनेका छौं ।’
Home »
Nepali News
» प्रधानमन्त्री ओली’मोर्चालाई जतिवटा मन्त्रालय दिन पनि तयार’
प्रधानमन्त्री ओली’मोर्चालाई जतिवटा मन्त्रालय दिन पनि तयार’
Posted by Unknown
Posted on 1:25 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment