मलेसिया : मलेसियामा अवौधानिकरुपमा काम गरिरहेका अप्रावासी कामदारलाई मलेसिया सरकारले डिसेम्वर ३१
सम्ममा स्वदेश फर्कन समयसिमा तोकेको छ ।
यसै वर्षको जनवरीबाट ‘स्वेच्छिक घर फिर्ती कार्यक्रम’ ल्याएको मलेसिया सरकारले डिसेम्वर ३१ सम्मको समय सिमा
तोकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
विनाकागजात मलेसियामा काम गरिरहेका नेपालीलाई दूतावासले डिसेम्वर ३१ सम्म घर फर्किन आग्रह समेत गरेको छ ।
हालसम्म हजारौँ अवौधानिक नेपाली नेपाल फर्किसकेका दूतावास स्रोतले जनाएको छ ।
नेपाली दूतावास मलेसियाका अनुसार अवौधानिक रुपमा काम गरिरहेका नेपालीलाई घर फर्किन एकतर्फी
यात्राअनुमतिपत्र दिइएको छ ।
यात्रा अनुमतिपत्र लिएका नेपालीले यहाँको अध्यागमनमा गएर आत्मसर्मपण गरी तोकिएको जरिवाना तिरेर नेपाल
फर्किन सक्नेछन् ।
२०१३ जुलाईदेखि हालसम्म करिब ५६ हजार यात्रा अनुमतिपत्र वितरण गरिएको दूतावास श्रोतले जनाएको छ ।
सो यात्रा अनुमति पत्रको एक सय ६० रिंगेट शुल्क श्रमिकले बुझाउनु पर्ने हुन्छ । मलेसियामा रहेका अवौधानिक नेपाली
कामदारलाई तोकिएको समयसीमाभित्र नेपाल फर्किन नेपाली दूतावासले गरेको आग्रहपछि यात्रा अनुमति पत्र लिन
दूतावास पुग्नेको संख्या बढेको छ ।
मलेसियाबाट घर फर्कन चाहने अवौधानिक नेपालीलाई दूतावासले यात्राअनुमति पत्रमात्र दिने हँुदा समस्यामा पर्ने
गरेको भुक्तभोगीहरु बताउँछन् ।
यहाँको अध्यागमनसम्म पुग्न समस्या भएकाले अवौधानिक नेपाली श्रमिक दलालसँग पुग्दा घर फर्किन एक हजार आठदेखि
तीन हजार रिंगेटसम्म तिर्न बाध्य भएका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका नेपाली रेष्टुरेन्टमा घर फर्किन लागेका नेपालीको संख्या बाक्लिएको
गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष्य महेन्द्रजंग शाह बताउँछन् ।
‘दलालको जगजगी यसरी बडेको छ कि दूतावास परिसरमै झोला बोकेर विहान पुगे दलालले तान्न आउँछन्’, शाहले
अन्नपूर्णसँग भने ।
नेपाली श्रमिकलाई घर फर्काउन दूतावासले यहाँको एक कम्पनीसँग गरेको सम्झौता खारेज गरेपछि नेपाली श्रमिक थप
समस्यामा परेका छन् ।
नेपाली श्रमिकलाई न्यूनतम शुल्कमा घर फर्काउन आग्रह गर्दै गैरआवासीय नेपाली संघले दूतावासमा गरेको प्रस्ताव
अस्विकृत भएको थियो । अध्यक्ष शाहले भने, ‘अवौधानीक नेपालीलाई घर फर्किन सहज बनाउनुको विकल्प छैन ।’
Home »
Nepali News
» अवैधानिक कामदारले ३१ डिसेम्बरभित्र मलेसिया छाड्नुपर्ने
अवैधानिक कामदारले ३१ डिसेम्बरभित्र मलेसिया छाड्नुपर्ने
Posted by Unknown
Posted on 10:00 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment