Home » » तीन बुँदे प्रस्तावले दिल्ली खुसी, मधेस आन्दोलन तुहिने सम्भावना...

तीन बुँदे प्रस्तावले दिल्ली खुसी, मधेस आन्दोलन तुहिने सम्भावना...


काठमाडाैं, २६ मंसिर । निजी भ्रमण भन्दै भारत गएका
उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापाले
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएन । तर,
बिहान स्वराजको निवासमै पुगेर थापाले कुराकानी
गरे ।
त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको
कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज
सम्भवत: आश्वस्त भइन् । मोर्चाका शीर्ष नेतालाई
बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले
दियो । त्यही बिहान थापा काठमाडौं फर्किए ।
जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो,
नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने
थापाले अगाडि नै भारतीय मिडियामार्फत
सार्वजनिक गरिदिएको थियो ।
सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई
भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए
। उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब
दिने रणनीतिमा लाग्यो । नयाँ पत्रिकामा खबर छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved