Home » » प्रचण्डलाई सिध्याउने ‘लिनप्याओवादी’ षड्यन्त्रमा गृहमन्त्री लागेको आरोप

प्रचण्डलाई सिध्याउने ‘लिनप्याओवादी’ षड्यन्त्रमा गृहमन्त्री लागेको आरोप


कहिले प्रकाश दाहाललाई पैसा, कहिले नातिनीलाई
चीन भ्रमण
२६ मंसिर, काठमाडौं । शनिबार बिहानै आयोजना
गरिएको एकीकृत नेकपा माओवादीको स्थायी
समिति बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेत अनुहार
बिगारेर नतमस्तक देखिए । बैठकमा बोल्ने केही स्थायी
कमिटी सदस्यहरुले मन्त्री बस्नेतमाथि प्रचण्डलाई
सिध्याएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।
गृहमन्त्री बस्नेतमा लिनप्याओवादी प्रवृत्ति देखिएको
स्थायी समिति सदस्य गोपाल किरातीले बैठकमा
आरोप लगाए ।
लिनप्याओ चिनियाँ नेता माओत्सेतुङका
उत्तराधिकारी थिए, जसले माओलाई मारेर आफू
पार्टी अध्यक्ष एवं राष्ट्रपति हुने असफल षड्यन्त्र गरेका
थिए । सुरुमा माओको अति गुणगान गरेर विश्वास
जित्ने र पार्टी कब्जा गर्ने उनको सोचाइ थियो ।
पछि उनी विमान दुर्घटनामा परेर मरे ।
एमाओवादीभित्र बेलाबेला उनै लिनप्याओको नाम
लिने गरिन्छ ।
शनिबार बिहान प्रचण्ड निवासमा बोलाइएको
स्थायी कमिटी बैठकमा एमाओवादी स्थायी कमिटी
सदस्य किरातीले गृहमन्त्री बस्नेतमाथि लक्षित गर्दै
भने- ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा
प्रचण्डपुत्र प्रकाश दाहाल र विद्यार्थी नेता कृष्ण
केसीलाई सगरमाथा चढ्न दुई कुरोड रुपैयाँ निकासा गरेर
प्रचण्डको टाउकोमा दुई करोडको घन हान्ने काम
गरियो । अहिले फेरि भूकम्प पीडितको कोटामा
प्रचण्डकी नातिनीलाई चीन पठाएर नेतृत्वलाई बदनाम
गराउने काम भएको छ ।’
मन्त्री बस्नेतको यो कदमलाई किरातीले षड्यन्त्रको
संज्ञा दिएका छन् । खरोरुपमा प्रस्तुत हुँदै किरातीले
बैठकमा भने ‘बाबुरामका पालामा भएको
सगरमाथाकाण्डमा जस्तै प्रचण्डलाई बदनाम गरेर पार्टी
आफ्नो कब्जामा लिने लिनप्याओवादी षड्यन्त्र
अन्तरगत यो काम भइरहेको छ ।’

प्रचण्डलाई किन थाहा थिएन ?
बैठकमा बोल्दै किरातीले आफ्नी नातिनीको चीन
भ्रमणबारे प्रचण्डले थाहा छैन भनेकोप्रति अविश्वास
प्रकट गरे । बैठकमा किरातीले भने- ‘बाटामा आउँदा
आउँदै एकजना पत्रकारले मलाई फोनमा भने, आफ्नी
नातिनीलाई सामान्य ज्वरो आएको त थाहा हुने
प्रचण्डलाई नातिनी चीन जानेकुरो कसरी थाहा
हुँदैन ?’
किरातीले यस्तो प्रश्न गरेपछि प्रचण्डले आफूलाई
शुक्रबार बिहानमात्रै नातिनीको चीन भ्रमणबारे
थाहा भएको तर आफूले रोक्ने नसकेको बताएका थिए ।
भूकम्प पीडितको कोटामा यसरी आफन्तलाई पठाउनु
गम्भीर कमजोरी भएको प्रचण्डले बैठकमा बताएका थिए

गृहमन्त्री बस्नेतले पनि आफूबाट कमजोरी भएको
स्वीकार गरेका थिए ।
तर, यसलाई कमजोरी भयो मात्रै भनेर नपुग्ने भन्दै नेता
किरातीले गृहमन्त्री बस्नेतलाई पार्टीले फिर्ता
बोलाउनुपर्ने माग गरेका छन् ।
यसबारे पछि फेरि छलफल गरौंला भन्दै स्थायी कमिटी
बैठक सकिएको स्रोतले अनलाइनखबरलाई जानकारी
दियो ।

जनार्दनले भने- गृहमन्त्रीले के गर्न खोजेको ?
स्थायी कमिटी बैठकमा अर्का नेता जनार्दन शर्माले
पनि मन्त्री बस्नेतको कडा आलोचना गरे । मन्त्री
बस्नेतले आफूसँग सरसल्लाह नै लिने नगरेको र सम्पर्क गर्न
खोज्दा समेत सम्पर्कमा आउन नचाहेको भन्दै बैठकमा प्रश्न
गरे- उहाँले के गर्न खोजेको ? यस्तो पाराले कसरी काम
हुन्छ ?’

नारायणकाजीले भने- म छाड्छु
स्रोतका अनुसार बैठकमा पार्टी उपाध्यक्ष
नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन गर्ने
समितिको संयोजकबाट आफूलाई मुक्ति दिलाउन
प्रचण्डसँग माग गरे ।
एमाओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले
आचार संहिताको पालना नगरेको, आफूखुशी काम
गरेको र पार्टीलाई नै बदनाम गराइरहेको भन्दै यस्तो
अवस्थामा आफूले यस्तो जिम्मेवारी सम्हालेर नबस्ने
बताए ।
तर, प्रचण्डले अहिले नै जिम्मेवारीबाट नहट्न उपाध्यक्ष
श्रेष्ठलाई आग्रह गरेका छन् ।
स्थायी कमिटी बैठकमा कृषि मन्त्री हरिबोल गजुरेल
उपस्थित थिएनन् । त्यसैगरी महासचिव कृष्णबहादुर महरा
पनि काठमाडौं बाहिर भएकाले अनुपस्थित थिए ।
प्रवक्तसमेत रहेका दीनानाथ शर्माले घाँटी दुखेका
कारण आफू बैठकमा नगएको अनलाइनखबरलाई बताए ।
बैठकमा सहभागी स्थायी कमिटी सदस्य प्रायःले
गृहमन्त्रीले चीन प्रकरणमा गरेको गल्तीबारे प्रश्न
उठाएका थिए ।
केही नेताले हालै गृहमन्त्रालयले गरेको सिडियोहरुको
सरुवा समेत विवादास्पद भएको भन्दै गृहमन्त्रीको
कार्यक्षमतामाथि प्रश्न उठाएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved