Home » » मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन : मन्त्री खरेल

मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन : मन्त्री खरेल


मंसिर २६
काठमाडौँ– कानुन, न्याय तथा
संसदीय मामिला मन्त्री अग्निप्रसाद
खरेलले जनता, राष्ट्रियता र मुलुकको
अखण्डतालाई अप्ठ्यारो पर्ने गरी
प्रदेशको सीमा हेरफेर नहुने बताएका छन्

तीनकुने सुविधानगरस्थित एकीकृत
उपभोक्ता सङ्घको १२औँ वार्षिक
साधारणसभालाई सम्बोधन गर्दै उनले
भने, “नाकाबन्दी गरेर नेपाली
जनताको घाँटी थिचेर प्रदेशको
सीमालाई हेरफेर गर्न खोजिए त्यसलाई
कुनै पनि हालतमा मान्न सकिदैन ।”
हिमाल, पहाड र तराई मिलेर बनेको
देशलाई त्यसैअनुरुप प्रदेश कायम गर्नुपर्छ
भन्नेमा आफूहरु दृढ रहेको बताउँदै मन्त्री
खरेलले देशभित्रबाट उठाइएका कुरामा
छलफल गरेर सहमतिमा पुग्न सकिने भए
पनि बाहिरबाट हुने कार्यलाई कदापि
स्वीकार गर्न नसक्ने बताए ।
कार्यक्रममा जिल्ला न्यायाधीश
विदुर कोइरालाले टोलबासीकै
सहयोग र स्रोतसाधनमा निर्भर रही
एकीकृत उपभोक्ता सङ्घले स्थानीयको
हितमा काम गरेकै कारण मन जित्न सफल
भएको धारणा राखे ।
संस्थाका पूर्वअध्यक्ष पदमनारायण
श्रेष्ठ, लीलाराज पाठक, भूपति खड्का
र निवर्तमान अध्यक्ष शशीविक्रम
राणाले स्थानीय सङ्गठित हुँदाको
प्रतिफलको रुपमा संस्थाले सामाजिक
उन्नयनको क्षेत्रमा व्यापक काम गर्न
सकेको धारणा राखे ।
सो अवसरमा संस्थाका सचिव
यादवप्रसाद शर्माले संस्थाले यस
कार्यकालमा गरेको सामाजिक काम
र भावी योजना तथा कोषाध्यक्ष
हिरा थापाले आर्थिक प्रतिवेदन
प्रस्तुत गरेका थिए ।
सत्ताइस वर्षअघि स्थापना भएको उक्त
संस्थाले टोलवासीलाई कौसीखेती
गर्न प्रेरित गर्ने, टोलभित्रका सडक र
गल्लीमा इन्टरलक ब्लक छाप्ने,
खानेपानी र ढकका पाइपको मर्मत
सुधार गर्ने, सडक बत्तीको व्यवस्था गर्ने,
रक्तदान कार्यक्रम र योग शिविर
सञ्चालन गर्नेलगायत टोलवासीको
हितको लागि सामाजिक कार्य गर्दै
आएको छ । साधारणसभाले मदन
सिवाकोटीको नेतृत्वमा नौ सदस्यीय
नयाँ नेतृत्वको समेत चयन गरेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved