Home » » सर्लाही चुरेभावरको कब्जामा, सम्बोधन गर्न आएका राजेन्द्र महतो गोली चलेपछि फरार ! प्रहरीले गोली चलाएको महतोको आरोप

सर्लाही चुरेभावरको कब्जामा, सम्बोधन गर्न आएका राजेन्द्र महतो गोली चलेपछि फरार ! प्रहरीले गोली चलाएको महतोको आरोप


सर्लाही, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चा
नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र
महतो सर्लाही आइपुगेको सूचना पाएपछि चुरे भावर
राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले
प्रतिकार गरेका छन् ।
चुरेभावरको प्रतिकारपछि सर्लाहीको नवलपुरमा
मोर्चाले आयोजना गरेको आमसभास्थलमै झडप
भएको छ । झडपलाई नियन्त्रणमा प्रहरी हवाई
फायर समेत गरेको छ । प्रहरीको गोली लागेर चार
जना घाइते समेत भएका छन् । चुरेभावरले प्रतिकार
गर्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले
गोली चलाएपछि राजेन्द्र महतो बाटोबाटै
फर्किएका छन् ।
मोर्चाको आमसभास्थल सर्लाहीको नवलपुरलाई
चुरेभावरले कब्जामा लिएको छ । चुरे भावर
राष्ट्रिय एकता पार्टीका केन्द्रीय उपाध्यक्ष
एवम् आन्दोलन परिचालन समितिका कमान्डर
दीपमान लोप्चनले प्रहरीले गोली चलाउँदा
राजेन्द्र महतो बाटोबाटै फरार भएको बताए । उनले
भने- ‘मञ्चमा उनको(राजेन्द्र महतो) नाम
लिनेवित्तिकै प्रहरीको घेरा तोडेर हामी
प्रतिकार उत्रियौ । दुबै पक्षबीच झडप भयो ।
त्यसपछि हामीले गोलीको आवाज सुन्यौ । प्रहरी
घेरामा रहेका राजेन्द्र महतो माथिबाटै भागे ।’
गोली चलेपछि प्रदर्शनकारीबीच भागाभाग
भएको थियो । सर्लाहीका प्रमुख जिल्ला
अधिकारी मेघनाथ काफ्लेले नवलपुरमा गोली
चलेको बताए । यता राजेन्द्र महतोले भने
विरोधसभामा प्रहरीले गोली चलाएको आरोप
लगाएका छन् ।
यसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने
तयारी गरेको थियो । चुरेभावर राष्ट्रिय
पार्टीले राजमार्ग अवरुद्ध नगर्न चेतावनी दिएपछि
मोर्चाले नवलपुरमा विरोध सभामा सारेको
थियो । गोली चलेपछि मोर्चाका कार्यकर्ता
तितरबितर भएका छन् । नवलपुरलाई चुरेभावरका
कार्यकर्ताले कब्जा गरेर प्रदर्शन गरिरहेका छन् ।
मोर्चाले आमसभा गरेको क्षेत्र चुरेमा पर्छ । चुरेभावर
पार्टी चुरेभावर प्रदेश माग्दै आन्दोलन गरिरहेको छ
। र उसले चुरेभावर प्रदेशभित्रको क्षेत्रमा नारा,
जुलुस, विरोधसभा, बन्द, हड्ताल गर्न रोक लगाएको
छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved