Home » » स्वेदशी खाद्यान्न खरिद गरी भन्डारण गर्न संस्थानलाई मन्त्री पुनको निर्देशन

स्वेदशी खाद्यान्न खरिद गरी भन्डारण गर्न संस्थानलाई मन्त्री पुनको निर्देशन

काठमाडौं, मंसिर १७ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले
स्वदेशी खाद्यान्नको खरिद गरी भन्डारण गर्न नेपाल खाद्य
संस्थानलाई निर्देशन दिएका छन् ।
मुलुक सामान्य अवस्थामा नरहेको भन्दै उनले आयातित खाद्यान्न नभइ
स्वदेशी कृषकको खाद्यान्न खरिदमा केन्द्रित गर्न आग्रह गरेका हुन् ।
संस्थानको विहीबार सम्पन्न ४१औं वार्षिकोत्सवको कार्यक्रममा
मन्त्री पुनले नयाँ व्यावसायिक तरिकाले संस्थान अगाडि बढ्नुपर्नेमा
पनि जोड दिए ।
मुलुक भूकम्प र नाकाबन्दीको चपेटामा परेको अवस्थामा पुरानै
तरिकाले काम गरेर नहुने भन्दै संस्थान र जनताको हितमा काम गर्न
निर्देशन दिए ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
ङइन्द्रप्रसाद उपाध्यायायले आन्तरिक लेखापरीक्षण गर्दै सुशासनमा
ध्यान दिन संस्थानलाई आग्रह गरे ।
संस्थानले आर्थिक वर्ष २०६६÷६७ देखि लेखापरीक्षण गरेको छैन ।
संस्थानको व्यवस्थापकिय क्षमता अति कमजोर भएको भन्दै उनले
कृषकको हित र खाद्य सुरक्षामा केन्द्रित हुन संस्थानलाई आग्रह गरे ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved