Home » » साफको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

साफको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने


१६ पुस, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको
उपाधिका लागि ६ पटकको विजेता भारत र
डिफेण्डिङ च्याम्पियन अफगानिस्तान भिड्ने भएका
छन् ।
नेपालमा भएको १० औं साफको पनि फाइनलमा भारत
र अफगानिस्तान नै भिडेका थिए, जसमा अफगान २-०
ले विजयी भएको थियो ।
बिहीबार भएको सेमिफाइनलमा भारतले
माल्दिभ्सलाई ३-२ गोल अन्तरले पराजित गर्यो भने
अफगानिस्तानले श्रीलंकालाई ५-० ले हराएको छ ।
केरलामा भएको खेलमा श्रीलंकाले
अफगानिस्तानलाई ४५ मिनेटसम्म गोलरहित
बराबरीमा रोकेको थियो । तर, अन्तिममा मोहम्मद
हाशमीले गोल गर्दै टीमलाई अग्रता दिलाए ।
दोस्रो हाफमा भने अफगानले चार गोल गर्यो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved