Home » » पूर्व युवराज पारसलाई देखेर बगलामुखीमा लाग्यो ‘राजा आऊ देश बचाउ’ को नारा

पूर्व युवराज पारसलाई देखेर बगलामुखीमा लाग्यो ‘राजा आऊ देश बचाउ’ को नारा


पूजापाठ गर्न बहिनीसँग बगलामुखी पुगे पारस

काठमाडौँ, २६ मंसिर । भारतको नाकाबन्दी नेपाली जनताले किन
सहने भन्दै प्रश्न गरेका पूर्व युवराज पारस शाहले शनिबार साँझ
ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजापाठ गरेका छन् ।
बहिनी प्रेरणासँगै मन्दिर पुगेका पारसलाई देखेपछि उनका समर्थकहरुले
‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा
प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पारसले शनिबार
पञ्चबलि तथा मंसिर विशेष पूजा गरेका हुन् ।
लामो कपाल बाँधेर आएका पारसले बगलामुखी भजन मण्डलीले
आयोजना गरेको पूजाको प्रसाद पनि ग्रहण गरे । पूजापाठ
कार्यक्रममा सेना र प्रहरीका उच्च अधिकारीहरु पनि उपस्थित
थिए ।
यसअघि भारतीय नाकाबन्दीविरुद्ध मुख खोल्दै पारसले ‘धर्म
गुमायौ, राजा गुमायौ, अब ग्यास गुमाएर दाउराको चुलो पनि
पाएनौं, नेपाली जनताले किन सहने’ भन्दै प्रश्न गरेका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved