Home » » आत्महत्या गर्ने धम्की दिएर मन्त्री खाने एमाओवादीका नेता को–को ?

आत्महत्या गर्ने धम्की दिएर मन्त्री खाने एमाओवादीका नेता को–को ?

काठमाडौं, २७ मंसिर । एकीकृत माओवादीका
नेता गोपाल किराँतीले वर्तमान सरकारमा
सहभागी केही मन्त्रीले पार्टीमा आत्महत्याको
धम्की दिएर सरकारमा सहभागी भएको खुलासा
गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (आइतबार)
बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता
किराँतीले भन्नुभयो, ‘शक्तिबहादुर बस्नेत र
टोपबहादुर रायमाझीले मन्त्री नपाए आत्महत्या
गर्छु भनेर सरकारमा मन्त्री खाएका हुन् । उनीहरू
अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्री नपाए लाजिम्पाट
वा पार्टी कार्यालयमा झुण्डिएर आत्महत्या गर्छु
भनेर मन्त्री खाए ।’
आत्महत्या गर्छु भनेर धम्की लगाएर मन्त्री
खाएकाहरूले अहिले सरकारमा रहेर राम्रो काम गर्न
नसकेको किराँतीको भनाइ छ ।
एमाओवादी नेता किराँतीले गृहमन्त्री
शक्तिबहादुर बस्नेतले प्रचण्डका चार जना नातिनी
र आफ्ना दुई छोरी राखेर भूकम्पपीडितका नाममा
चीन पठाइ ठूलो गल्ती गरेको बताउनभयो ।
उहाँले यति ठूलो गल्ती गर्नेले ४८ घण्टाभन्दा बढी
समय भइसक्दा पनि राजीनामा नदिएको भन्दै
आक्रोश जनाउनुभयो । उहाँले गृहमन्त्री र
उर्जामन्त्रीले छिटोभन्दा छिटो राजीनामा
दिनुपर्ने माग गर्नुभयो ।
‘प्रचण्डलाई बद्नाम गरेर पार्टी कब्जा गर्ने योजना
बन्दैछ । पार्टीको शीर झुकाउने काम भएको छ ।
शक्तिबहादुर बस्नेतले गृहमन्त्री पदबाट राजीनामा
दिनुपर्छ । उहाँले आत्महत्या गर्छु भनेर मन्त्री बन्नु
भएको हो । अहिले आएर राम्रो काम गरेको
खोइन ?’, किराँतीले प्रश्न गर्दै भन्नुभयो ।
उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर
रायमाझीले आफूले राम्रो मन्त्रालय नपाए
आत्महत्या गर्छु भनेर भनेको पनि नेता किराँतीले
बताउनुभयो ।
‘टोपबहादुर रायमाझीले प्रधानमन्त्रीसँग पनि
छलफल गर्दैनन् कि के हो ?’, उनले भने, ‘रायमाझीले
दुई वर्ष लोडसेडिङ मुक्त बनाउछु भन्छन्, प्रधानमन्त्री
एक वर्षमा लोडसेडिङमुक्त हुन्छ भन्छन् । यी दुईबीच
कुरा पनि हुँदैन ?’
त्यसै गरी एमाओवादी नेता किराँतीले
नारायणकाजी समूहले पनि सरकार बहिष्कार गर्ने
धम्की दिएर गिरिराजमणि पोखरेललाई
शिक्षामन्त्री बनाएको खुलासा गर्नुभयो ।
‘नारायाणकाजी समूहबाट शिक्षामन्त्री बनेका
गिरिराजमणि पोखरेलले पनि कुनै काम गर्न सकेनन् ।
सरकार बहिष्कार गर्ने धम्की दिएर मन्त्री बन्नुभयो
। उनले ठूला कुरा मात्रै गर्छन् । काम केही गरेका
छैनन् । रुञ्चे मन्त्री हुन् ।’
अग्नि सापकोटाले झनै कुनै काम नगरेको
किराँतीको आरोप छ । ‘नागरिकताबाट
बालकुमारीमा दाउरा बाँडे । म पनि लिन गएको
थिए, पाइन् । उहाँले पनि काम गर्न सक्नु भएको छैन’,
नेता किराँतीको भनाइ छ ।
आपूर्तिमन्त्री गणेशमान पुन धर्ना बसेर मन्त्री बनेको
उहाँले आरोप लगाउनुभयो । अहिलेको समयमा पुनले
पनि दक्षताअनुसारको काम गर्न नसकेको
किराँतीको भनाइ छ ।
एमाओवादी नेता किराँतीले कृषि र सिँचाइ
मन्त्रीले मात्रै राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved