काठमाडौं : पेट्रो चाइनाले नेपाल आयल निगमलाई
इन्धनको मूल्यसूची उपलब्ध गराएको छ । पेट्रो
चाइनाले ल्हासाको खुद्रा मूल्य निगमलाई उपलब्ध
गराएको हो ।
पेट्रो चाइना (चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन)
ले आफुले बिक्री गर्ने करसहितको खुद्रा मूल्यसूची
निगमलाई उपलब्ध गराएको छ । पेट्रो चाइना चीन
सरकारको स्वामित्व भएको भगिनी संगठन हो ।
ल्हासाको मूल्यसूचीअनुसार राजधानीमा करसहित
प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० र डिजेलको मूल्य
एक सय ५५ रुपैयाँ प्रतिलिटर पर्छ । करबाहेक भने
केरुङ्गमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटरमा भित्र्याउन
सकिने निगमले जनाएको छ । यसैगरी करबाहेक डिजेल
करिब ८४ सम्ममा केरुङ्गमा उपलब्ध हुन सक्छ ।
व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा
उपभोक्ता हित सम्बन्ध समितिले आइतबार डाकेको
इन्धन आपूर्तिसम्बन्धी बैठकमा निगमका निमित्त
निर्देशक दिपक बरालले जानकारी दिएका हुन् ।
केही दिनअघि मूल्य, कर र अन्य प्राविधिक बिषयको
बारेमा निगमको दुई सदस्यीय प्राविधिक टोली
चीन गएको थियो । उक्त टोलीमा बराल पनि
सहभागी भएका थिए ।
बरालका अनुसार निगमले इन्धनको अन्तर्राष्ट्रिय मूल्य
सूची र कर छुटको बारेमा चीनियाँ पक्षलाई आग्रह
गरेपनि उनीहरुले त्यसबारेमा कुनै तयारी नगरेको
जानकारी गराएका छन् ।
‘कर छुट गरेर अन्तर्राष्ट्रिय मूल्यमा कारोबार गरौं
भनेर हामीले दुई पटकसम्म चीनियाँ पक्षसँग छलफल गर्यौं
। तर उनीहरुले आफु तल्लो निकाय भएकाले केही गर्न
नसकिने बताए’, उनले भने, ‘अन्तर्राष्ट्रिय मूल्य र कर
छुटबारे नेपाल सरकार र चीन सरकार बसेर उच्चस्तरमा
कुराकानी गरेपछि मात्रै मूल्य र कर छुटको बिषयमा
कुनै विकल्प आउनसक्ने पेट्रो चाइनाका अधिकारीहरुले
जानकारी दिए ।’
उनका अनुसार चीनमा पेट्रो चाइनाले नेपाल आयल
निगमजस्तो इन्धनको मूल्य तय गर्दैन । चीनको नेशनल
डेभलपमेन्ट प्लानिङ्ग एण्ड रिफर्म कमिशनले मूल्य
निर्धारण गरेपछि सोही मूल्यअनुसार पेट्रो
चाइनासहित अन्य व्यवसायीले इन्धन बिक्रि गर्न
पाउँछन् ।
नेपाल आयल निगमले अहिले भारतसँग रक्सौलको
मूल्यअनुसार कर छुटमा प्रति लिटर पेट्रोल ४५ रुपैयाँ ४७
पैसामा खरिद गर्दै आएको छ ।
बरालकाअनुसार पेट्रो चाइनाले उपलब्ध गराएको
अहिलेको करसहितको पेट्रोलको मूल्य एक सय १८ मा
केरुङ्गसम्म ढुवानी गर्दा एक सय ३५ रुपैयाँ पर्न आउँछ ।
केरुङ्गबाट नेपाल ल्याउँदा भन्सार शुल्क, प्रज्ञापन पत्र
शुल्क, सडक सुधार शुल्क, मूल्य अभिबृद्धि शुल्क र ढुवानी
शुल्क गरेर प्रति लिटर एक सय ८० रुपैयाँ पर्न आउँछ ।
पेट्रो चाइनाले उपलब्ध गराएको मूल्यअनुसार
ल्हासामा मात्रै पेट्रोलतर्फ ६७ प्रतिशत र डिजलतर्फ
५१ प्रतिशत करवापत रकम बुझाउनु पर्छ ।
चिनियाँ पक्षसँगको द्विपक्षिय छलफलको क्रममा
यसअघि अनुदानमा उपलब्ध गराइएको केरुङ्ग नाकाबाट
नै इन्धन उपलब्ध गराउन आग्रह गरेपनि उनीहरुले सोही
नाकाबाट पुनः इन्धन उपलब्ध गराउन नमानेको बरालले
जानकारी दिए ।
‘केरुङ्ग नाकाबाटै इन्धन उपलब्ध गराउन आग्रह गरेपनि
चिनियाँ पक्ष साकारात्मक देखिएनन्’, बरालले भने,
‘उनीहरुले केरुङ्ग नाका प्रयोग गरेर ट्यांकर व्यवसायी
जान नमानेका कारण उक्त नाकाबाट दिन नसक्ने
जानकारी दिएका छन् ।’
उनका अनुसार केरुङ्गको बिकल्पमा चिनियाँपक्षले
ल्हासाबाट उपलब्ध गराउन सक्ने सुझाव दिएको छ ।
निगमले बाटोको असुविधा र बाक्लो हिउँका कारण
ल्हासाबाहेक नजिकको अन्य नाकाबाट उपलब्ध
गराउन प्रस्ताव गरेको थियो ।
‘हामीले ल्हासाबाहेक नजिक मानिएको
सिगात्सेबाट इन्धन दिन आग्रह ग¥यौं’, बरालले भने, ‘तर
उनीहरुले सिगात्सेबाट उपलब्ध गराउँदा कस्टम
क्लियरेन्स ल्हासाबाट मात्रै हुने भनेर अर्को समस्या
हामीलाई देखाए ।’
Home »
Nepali News
» पेट्रो चाइनाले उपलब्ध गरायो इन्धनको मूल्य
करसहित पेट्रोल प्रतिलिटर १८० र डिजेल १५५
पेट्रो चाइनाले उपलब्ध गरायो इन्धनको मूल्य करसहित पेट्रोल प्रतिलिटर १८० र डिजेल १५५
Posted by Unknown
Posted on 4:14 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment