काठमाडौं : व्यवस्थापिका संसद्को आज बसेको
बैठकमा पनि भारतीय नाकाबन्दी र नेपालमा भएको
हस्तक्षेपविरुद्ध नाराबाजी भएको छ ।
व्यवस्थापिका संसद्को बैठक शुरु भएपछि नेपाल मजदुर
किसान पार्टीका सांसद्हरुले भारतीय हस्तक्षेपविरुद्ध
नाराबाजी गरेका हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद्हरुले आफू बसेको
स्थानबाट उभिएर भारतीय हस्तक्षेपविरुद्ध चर्को
नाराबाजी गरेका हुन् ।
आजैको बैठकमा मधेसी मोर्चाका सभासद्हरुले आफ्ना
मागहरुबारे सुनुवाइ नगरेको भन्दै रोस्टम घेरेर
नाराबाजी गरे ।
सभामुख ओनसरी घर्तीले बैठकमा उपस्थित नै नभएका
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई बोल्न
समय दिएपछि मधेसी मोर्चाका सांसद्हरुले रोस्टम घेरेर
नाराबाजी गरेपछि बैठक नै स्थगित भएको छ ।
आजको बैठकमा कानुन मन्त्री अग्नि खरेलले संशोधन
संशोधन विधेयलाई पेश गर्ने कार्यतालिका थियो ।
मोर्चाको अवरोधपछि आज स्थगित भएको बैठक
सोमबार बिहान ११ बजे बस्ने कार्यतालिका छ
Home »
Nepali News
» संसद् बैठकमा आज पनि भारतविरुद्ध नाराबाजी,
मोर्चाको अवरोधपछि बैठक स्थगित
संसद् बैठकमा आज पनि भारतविरुद्ध नाराबाजी, मोर्चाको अवरोधपछि बैठक स्थगित
Posted by Unknown
Posted on 4:21 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment