Home » » विद्या वालान अस्पताल भर्ना...

विद्या वालान अस्पताल भर्ना...


मुम्बई । किडनीमा पत्थरी भएको आशंकामा अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छिन् । विद्याको
प्रवक्ताको भनाई अनुसार अहिले विद्या हिन्दुजा अस्पतालमा विषेशज्ञको विषेश रेखदेखमा छिन् ।
प्रवक्ताको भनाई अनुसार विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलवार अस्पताल भर्ना गरेका थिए । नयाँ
वर्षको अवसरमा उनीहरु कुनै गोप्य ठाउँमा गएर नयाँ वर्ष मनाउने योजनामा थिए ।
प्रवक्ताको भनाइ अनुसार प्लेनमा यात्राको क्रममा विद्यालाई आकस्मिक पेट दुखेको थियो । उनको दुखाई कम नभएपछि
उनीहरुले एअरपोर्टमै रहेको क्लीनिकमा सामान्य चेकजाँच गरेका थिए ।
एअरपोर्टमा दिएको औषधीले केही कम भएपछि उनीहरु मुम्बइमा रहेको हिन्दुजा अस्पताल आएका थिए । अहिले उनको
स्वास्थ्य स्थिती सामान्य रहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved