Home » » प्रधानमन्त्रीको कामभन्दा कुरा बढी : माधव नेपाल

प्रधानमन्त्रीको कामभन्दा कुरा बढी : माधव नेपाल


सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन सुझाव

१६ पुस, काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेका
नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कामभन्दा कुरा
बढी गरेर हिँडेको आरोप लगाएका छन् ।
बिहीवार कोटेश्वरस्थित आफ्नै निवासमा
सञ्चारकर्मीसँगको साक्षात्कारमा एमाले नेता
नेपालले आमजनता कालोबजारी र महङ्गीको मार सहन
बाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन
बाँड्नमा मात्र सीमित भएको बताए । उनले जनतालाई
आश्वासनभन्दा परिणाम देखिने काम चाहिएको भन्दै
त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव
दिए ।
एमाले नेता नेपालले प्रधानमन्त्री ओलीमाथि
सहमतिको वातावरण बनाउन क्रियाशील नभएको
आरोपसमेत लगाए । उनले ओलीले राष्ट्रको
प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी
सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि
पहल गर्नुपर्ने बताए ।
मधेसवादी दलको आन्दोलनका कारण मधेसकै जनताले नै
सबैभन्दा बढी कष्ट सहनुपरेको भन्दै उनले तत्काल
आन्दोलनको स्वरुप परिवर्तन गर्न र प्रदेशको
सीमांकनका विषयमा लचकता अपनाउन सुझाव दिए ।
उहाँले सीमांकनको विषय राजनीतिक समिति गठन
गरेर टुंगो लगाउनु सबैभन्दा बढी उपयुक्त हुने र समितिमा
सहमति जुट्न नसके सीमांकनलाई थाँती राखेर
संविधानको कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved