'महतो जाँदा मात्रै विराटनगरमा झडप भएको
होइन्'
जनकपुर, १६ पुस । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनमा
केही नेताले सस्तो लोकप्रियता कमाउन खोजेको
आरोप लगाउनुभएको छ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको
नाम लिँदै उहाँले ‘मेरै नेतृत्वमा आन्दोलन,
नाकाबन्दी र झडप भएको हो’ भन्ने भनाई सस्तो
प्रचारबाजी र मधेसमा ‘हिरो’ बन्ने दाउ भएको
बताउनुभयो ।
वीरगञ्ज नाकामा धर्ना बस्दै आएका सदभावना
पार्टीका अध्यक्ष महतो गत शनिबार बिराटनगर
रानी भन्सार नाकामा धर्ना दिने क्रममा
प्रहरीसँग भएको झडपमा महतो घाइते हुनुभएको
थियो । महतो अहिलेसम्म अस्पतालमै हुनुहुन्छ ।
तर, मधेसी मोर्चाका नेता यादवले भने वीरगञ्ज
नाका महतोकै कारण अवरुद्ध भएको भन्नु गलत भएको
बताउनुभयो । ‘यो प्रचार नै गलत छ । सस्तो
लोकप्रियताको मात्र कुरा हो’ उहाँले एक
अन्तरवार्तामा भन्नुभयो- ‘वीरगञ्जमा राजेन्द्र
महतो जानुअघि पनि बन्द थियो । अहिले उनी
छैनन्, तैपनि बन्द छ । वीरगञ्जमा बढी शक्तिसंघीय
समाजवादी फोरमको छ, यो सबैलाई थाहा छ ।’
बिराटनगरमा पनि आफ्नै पार्टी बलियो रहेको
भन्दै यादवले महतो गएकाले बिराटनगरमा ठूलो झडप
भयो भन्ने कसैले तपाई भनोस् नभनोस् मपाई भने
जस्तो मात्र भएको बताउनुभयो ।
‘महतोजी एक दिन जानु भो, त्यसकारण ठूलो झडप
भयो भन्ने होइन’ उहाँले भन्नुभयो- ‘हाम्रो
पार्टीकी नेतृ रेणु यादव जाँदा झडप भयो, म गएँ,
झडप भयो । सबैभन्दा धेरै लडाइँ विराटनगर
नाकामा भएको छ ।’
0 comments:
Post a Comment