Home » » नेपाल टेलिकमको प्रिपेड मोवाइल रिचार्जमा पाँच देखि १५ % सम्म बोनस, पुस ३० गतेसम्म लागु हुने

नेपाल टेलिकमको प्रिपेड मोवाइल रिचार्जमा पाँच देखि १५ % सम्म बोनस, पुस ३० गतेसम्म लागु हुने

काठमाडौं । नेपाल टेलिकमले जिएसएम र सिडिएमएको रिचार्जमा १५ प्रतिसतसम्म बोनस दिने भएको छ । कम्पनीले रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा उपभोक्तालाई पाँच देखि १५ प्रतिसतसम्म बोनस दिने जनाएको हो ।

ग्राहकले मंसिर २७ देखि पुस ३० गतेसम्म यस्तो बोनस पाउनेछन् । कम्पनीले शनिवार विज्ञप्ति जारी गर्दै एक महिना भन्दा बढी समयका लागि प्रिपेड मोवाइल रिचार्जमा बोनस दिन लागिएको जनाएको हो । ग्राहकले एमपिओएसबाट गर्ने रिचार्जमा पनि बोनस पाँउछन् ।

कम्पनीले दिएको जानकारी अनुसार इलेक्टोनिक रिचार्ज र कार्डबाट दुई सय रुपैयाँको रिचार्ज गर्दा पाँच प्रतिसत, पाँच सयको रिचार्ज गर्दा १० प्रतिसत र एक हजारको रिचार्ज गर्दा १५ प्रतिसत बोनस पाउनेछन् । त्यस्तै एमपिओसबाट एक सय रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्जमा १० प्रतिसत बोनस उपलब्ध हुनेछ ।
यस्तो छ बाेनस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved