Home » » प्रवासी नेपालीद्वारा दिल्लीमा नाकबान्दीको विरोध, भारतीय समेत सहभागी

प्रवासी नेपालीद्वारा दिल्लीमा नाकबान्दीको विरोध, भारतीय समेत सहभागी


२० मंसिर, नयाँ दिल्ली ।
। नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतविरुद्ध भारतकै राजधानी नयाँ
दिल्लीमा विशाल प्रदर्शन गरिएको छ । ‘भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दीका विरोध करें, राष्ट्रियताका
रक्षा करें’ भन्ने नारासहितको विरोध प्रदर्शनमा भारतका नेताहरुले समेत साथ दिएका छन् । भारतस्थित नेपालीहरुको
संगठन अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ तथा भारत नेपाली एकता मञ्चको आयोजनामा
दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन भएको हो । नेपाली एकता समाजका धनवीर पुनले सभामा केही भारतीय
कम्युनिष्ट नेता पनि सहभागी भएर मोदी सरकारविरुद्ध प्रदर्शन गरेको दिल्लीबाट जानकारी दिए । उनका अनुसार
दिल्ली प्रशासनले अनुमति नदिएपनि ठूलो सहभागितामा नेपालीहरुले प्रदर्शन तथा सभा गरेर दिल्लीमै नाकाबन्दीको
विरोध गरे ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved