Home » » भारतीय मिडियाको टिप्पणी- भारतीय मुलका मधेसीहरुको माग पुरा गर्न नेपाल बाध्य, नेपालमा संविधान संशोधन हुने भएपछि भारतमा खुसीयाली

भारतीय मिडियाको टिप्पणी- भारतीय मुलका मधेसीहरुको माग पुरा गर्न नेपाल बाध्य, नेपालमा संविधान संशोधन हुने भएपछि भारतमा खुसीयाली


काठमाडौं, १९ मंसिर । भारतको सहयोगमा
मधेसमा आन्दोलन गरिरहेका मधेसवादी दलहरुको
माग पुरा गर्न प्रमुख दलहरुले संविधान संशोधन
प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि भारतमा
खुसीयाली छाएको छ ।
भारतीय सञ्चारमाध्यमले भारतीय मुलका
मधेसीहरुको माग पुरा गर्न नेपाल बाध्य भएको
टिप्पणी गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा
बसेको प्रतिपक्षी कांग्रेससहित प्रमुख दलहरुको
बैठकले मधेसी मोर्चाको माग (समानुपातिक
समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र
निर्धारण) समावेश गरी संविधान संशोधन
प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए ।
जसले भारतीय मुलुका मधेसी अर्थात अंगीकृत
नागरिकताधारीले पनि सच्चा नेपाली बराबर
अधिकार पाउनेछन् । आफ्ना देशका नागरिकले उक्त
अधिकार पाउनेभएपछि भारतीय सञ्चारमाध्यमले
नेपाल झुकेको टिप्पणी गर्दै बाध्य भएको समेत
लेखेका छन् ।
समाचारमा मधेसी नेताहरुले दिल्लीमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसँग सल्लाह गरी थप
कार्यक्रम अघि बढाइने समेत बताइएको छ ।
यस्तो छ भारतीय पत्रिका जागरण दैनिकको
समाचार तथा टिप्पणीः

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved