काठमाडौं, १९ मंसिर । मधेसी जनअधिकार फोरम
लोकतान्त्रिकले प्रमुख दलबीच भएको तीनबुँदे
सहमतिको स्वागत गरेको छ ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै
फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय
गच्छदारले तीनबुँदे सहमतिले मधेसी जनता र आफ्नो
पार्टीले उठाउँदै आएको माग पुरा भएको
बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘प्रमुख दलले हिजो जून तीनबुँदे
सहमति गर्नुभएको छ । त्यसले मधेसी जनता र फोरम
लोकतान्त्रिक पार्टीको एजेण्डाको जित भएको
छ । उक्त सहमतिको म र हाम्रो पार्टी स्वागत
गर्दछ ।’
उहाँले मधेसी जनताका अधिकांश अधिकार तीन
बुँदे सहमतिले समेटेकाले मधेसी मोर्चा असहमत हुनुपर्ने
कारण छैन् भन्नुभयो । आफूहरुले सीमांकन,
समानुपातिक समावेशी र जनसंख्याका आधारमा
निर्वाचन क्षेत्र निर्धारत हुनुपर्ने माग उठाएको र
त्यसका लागि संविधान संशोधन गर्न दबाब
दिएको भन्दै अहिले त्यो पुरा भएको गच्छदारको
भनाई थियो ।
यसैगरी फोरम लोकतान्त्रिकले आगामी चैत
महिनाभित्र राजधानीमा पार्टीको प्रथम
राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको र
त्यसका लागि आयोजक समिति समेत गठन गरिएको
पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
Home »
Nepali News
» गच्छदार भन्छन्- अन्ततः हाम्रै जित भयो,
प्रमुख दलबीच भएको तीन बुँदे सहमतिको स्वागत
गच्छदार भन्छन्- अन्ततः हाम्रै जित भयो, प्रमुख दलबीच भएको तीन बुँदे सहमतिको स्वागत
Posted by Unknown
Posted on 4:46 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment