Home » » फेसबुकका संस्थापक जुकरवर्गलाई पुत्री लाभ, ९९ प्रतिशत शेयर दान गर्ने

फेसबुकका संस्थापक जुकरवर्गलाई पुत्री लाभ, ९९ प्रतिशत शेयर दान गर्ने

वासिंटन–सोशल नेटवर्किंङ साइट फेसबुकका संस्थापक एवं सिइओ मार्क जुकरवर्ग एक सन्तानका बाबु बनेका छन्। जुकरवर्गकी
श्रीमती प्रिसिला चानले छोरीलाई जन्म दिएपछि जुकरवर्ग बाबु भनेका हुन्। छोरीको नाम म्याक्स राखिएको
अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
जुगरवर्गले छोरी जन्मिएको खुशियालीमा ठूलो च्यारिटी गर्ने घोषणा गरेका छन्। उनले फेसबुकमा आफ्नो र श्रीमतीको
नाममा रहेको शेयरमध्ये आगामी वर्षमा ९९ प्रतिशत दान गर्ने जनाएका छन्।
जुकरवर्गले आफ्नी छोरीका लागि सबैभन्दा राम्रो स्थान बनाउने उद्देश्यले शेयर दान गर्न लागेको बताएका छन्। उनले गर्ने
च्यारिटीको नाम चान–जुकरवर्ग इनिशिएटिभ राखिएको छ। जुकरवर्गले आफ्नो फेसबुक पेजमा सो च्यारिटी गर्ने घोषणा
गरेका हुन्।
जुगकवर्गले पहिला नै 'गिविगं प्लेज' अर्थात संसारभरका धनी मानिसले गर्ने त्यस्तो प्रतिवबद्धता हो जसबाट उनीहरु आफ्नो
आधाभन्दा बढी सम्पत्ति दान गर्छन। बेलायती समाचार संस्था रोयर्टसका अनुसार फेसबुकको कुल सम्पत्ति ३०३ अबर लडर छ।
जुकरवर्गसँग ५४ प्रतिशत शेयर रहेको छ। उनले ५४ प्रतिशतको ९९ प्रतिशत दान गर्ने बताएका हुन्। यस ९९ प्रतिशत शेयरको मतलव
४५ अबर अडर हो। जुकरवर्ग आफ्नो शेयर यति दान गर्दैछन, जति विश्वका १०६ देशको कुल ग्राहस्थ उत्पान पनि हुँदैन। जुकरवर्ग
आफ्नो यो कदमबाट विश्वको सबैभन्दा कम उमेरमा सबैभन्दा धेरै दान गर्ने व्यक्ति बनेका छन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved