Home » » कालोबजारी नियन्त्रण गर्न कांग्रेसको दबाब र्याली

कालोबजारी नियन्त्रण गर्न कांग्रेसको दबाब र्याली


१६ मंसिर, काठमाडौं । बढ्दो कालाबजारी
नियन्त्रण र मधेस आन्दोलन समाधानका लागि
सरकारलाई दबाव दिन नेपाली कांग्रेस काठमाडौंले
बुधबार राजधानीमा बृहत दबाव र्याली गर्ने भएको छ

मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र
कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दबाव दिन
प्रदर्शन गर्न लागिएको काठमाडौंका कांग्रेस
सभापति सांसद भीमसेन दास प्रधानले जानकारी
दिए । ‘अधिकार, न्याय र शान्तिको लागि दबाव’
नाम दिईरहेको र्याली दिउँसो एक बजे
शान्तिबाटिकाबाट सुरु हुनेछ ।
मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा अघोषित
नाकाबन्दी गरेको भारत र समस्या समाधानमा
गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न
र्याली गर्न लागिएको प्रधानले बताए ।
उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन
प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।
पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय
सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक
कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या
समाधानमा सरकार उदासिन भएको बताए ।
कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता
गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको
आधारभूत मागहरु पुरा हुने दाबी गरे । उनीहरुले
भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणका लागि
पुनर्निर्माण प्राधिकरण विधेयकलाई अगाडि बढाउन
माग गरे ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved