Home » » प्रधानमन्त्री, मधेसी मोर्चा, कांग्रेससहित सत्तारुढ दलहरूको वार्ता हुँदै नाकाबन्दी खोल्ने प्रयास असफल हुने, नेताहरू गम्भीर बनेनन्

प्रधानमन्त्री, मधेसी मोर्चा, कांग्रेससहित सत्तारुढ दलहरूको वार्ता हुँदै नाकाबन्दी खोल्ने प्रयास असफल हुने, नेताहरू गम्भीर बनेनन्


काठमाडौं, १६ मंसिर । वार्ताप्रतिको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको
उदाशिनता, सत्तारुढ दलहरूको कमजोरी तयारीका कराण आज हुने भनिएको
वार्ता ठोस निर्णयविना स्थगित हुने सम्भावना प्रवल भएर आएको छ ।
बालुवाटारमा आज बेलुका छ बजेपछि बस्ने वार्तामा मधेसी मोर्चाका शीर्ष
नेताहरू सहभागी हुने छैनन् । मधेसी मोर्चाका शीर्ष नेताहरू नै सहभागी नभएपछि
वार्ता ठोस निष्कर्षमा पुग्ने सम्भावना अत्यन्तै न्यून रहेको हो ।
मधेसी मोर्चाका तर्फबाट दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ ।
वार्तामा उनीहरूले यसअघि पेश भएको सीमाङ्कनको विषयलाई जोडदार रुपमा
उठाउने सद्भावना पार्टीका महासचिव मनीस सुमनले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीले मधेसीका माग सम्बोधन गरेर तीन महिनादेखि जारी
आन्दोलनलाई टुङ्गोमा पुराउन पहल गर्नुभएको थियो । यसै क्रममा दुई दिनअघि
बालुवाटारमा वार्ता पनि भएको हो ।
तर आजको वार्तामा दलका नेताहरू जिम्मेवार बन्न नसकेपछि सहमति हुने आशा
झिनो भएको जनाइएको छ ।
वार्ताका लागि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, मधेसी मोचा र सत्तारुढ
दलका शीर्ष नेताहरूलाई खबर पठाउनु भएको छ । वार्ता बेलुका छ बजे
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved