Home » » सुनको मूल्य ३ सयले झर्यो

सुनको मूल्य ३ सयले झर्यो

काठमाडौं, पुस १६ । साता दिनजसोदेखि
स्थीर रहेको सुनको मूल्य विहीबार ओरालो
लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन
स्थानीय बजारमा छापावाल सुनको मूल्य
तोलामा ३ सय रुपैयाँले ओरालो लागेर ४८
हजार रुपैयाँमा आइपुगेको हो ।
गत शुक्रबारदेखि सुन मूल्य तोलाको ४८ हजार
३ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने यसदिन
पनि तोलाको ६ सय ७५ मै स्थीर रह्यो । गत
बुधबारदेखि नै चाँदीको भाउ ६ सय ७५
रुपैयाँमा स्थीर रहँदै आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म
सुन प्रतिऔंस हजार ६२ डलरको हाराहारीमा
कारोबार भएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved