Home » » हिन्दूराष्ट्र कायम गर्न भारतले दबाब दिएको खुलासा, मोदीले को-कोलाई दिए दबाब ?

हिन्दूराष्ट्र कायम गर्न भारतले दबाब दिएको खुलासा, मोदीले को-कोलाई दिए दबाब ?


जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर
बन्नुपर्ने

काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र
बनाउन दबाब दिएको खुलासा भएको छ ।
संविधान जारी हुनुभन्दा पहिला नेपाली
नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने
अडान राखेको खुलासा भएको हो । मोदीले
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान
जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए ।
संविधान जारी भएको तीन महिनापछि कांग्रेस
वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् ।
भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक
दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही
असन्तुष्ट भएको बताए ।
‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा
बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर
विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै
देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने
परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि
भारत असन्तुष्ट भएको उनको भनाई थियो ।
नेता देउवाले मधेसको समस्या समाधानका लागि
मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा
भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि
गम्भीर बन्नुपर्ने बताए ।
उनले अन्तरिम संविधानबाट पाएका अधिकार
राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी
सहभागिता र जनसंख्याका आधारमा निर्वाचन
क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार
रहेको उनले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved