Home » » १ लाख ८० हजार घुससहित यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक पक्राउ...

१ लाख ८० हजार घुससहित यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक पक्राउ...



काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले घुससहित यातायात
व्यवस्था विभाग मीनभवनका प्राविधिक
निर्देशक नवीनकुमार पोखरेललाई विहीबार
कार्यस्थलमा नै पक्राउ गरेको छ ।
आयोगको स्टिङ अप्रेसनका क्रममा
विभागका प्राविधिक निर्देशक पोखरेल
पक्राउ परेका हुन् ।
विद्युतीय स्कुटर आयातको अनमुति
दिनेक्रममा निर्देशक पोखरेलले एक
सेवाग्राहीसँग
रु दुई लाख घुस मागेको आयोगका सहायक
प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी
दिए ।
सहायक प्रवक्ता रिजालका अनुसार
इलेक्ट्रिक स्कुटर आयातका क्रममा
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त
भएपछि आयोगको टोली विभाग पुगेको
थियो । आयोगले रु एक लाख ८० हजारसहित
पोखरेललाई पक्राउ गरेको हो ।
सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा
काम गराउन अवाञ्छित तवरले घुस तिर्नुपरेको
भन्ने आशयका समाचार प्रकाशित भएपछि
आयोगको टोलीले त्यस्ता निकायमा
निगरानी बढाएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved