Home » » मोदीको मन पग्लने आशमा ओली र प्रचण्डले देश डुवाउँदै, ओली चीन भ्रमणमा नजाने

मोदीको मन पग्लने आशमा ओली र प्रचण्डले देश डुवाउँदै, ओली चीन भ्रमणमा नजाने


बिहीबार, १७ मंसिर
चीनवाट इन्धन ल्याउन ढिलाई गरिंदै
नेपालको सरकारमा अहिले दुई जना प्रधानमन्त्री छन् भनिन्छ । केपि ओली संगै प्रचण्ड पनि दोश्रो प्रधानमन्त्रीको
रुपमा रहेका छन् । यी दुई भाइ भागवण्डा गर्दै सरकार चलाइ रहेका छन् ।
ओली र प्रचण्डले चाहने हो भने चीन वाट पेट्रोल र ग्याँस लगाएतका इन्धन ल्याउने क्रम अहिले शुरु भैसकेको हुने थियो । तर
यी दुई नेताहरु नै चीनवाट इन्धन ल्याउने भन्दा भारतका सत्ताधारीहरु संग वार्ता गरेर नाकावन्दी समस्या हल गर्न
खोज्दैछन् ।
ओली असोज २४ गते प्रधानमन्त्री
चुनिएका थिए । उनी प्रधानमन्त्री
भएको नै दुई महिना हुन लागि सक्यो ।
इन्धन चीनवाट आउन सक्दछ भन्ने कुरा
केरुङ नाकावाट अनुदानको इन्धन
आएवाटै प्रष्ट भैसकेको छ । तर खरिद गरेर
इन्धन आपूर्ति गर्न यतिका दिन
ढिलाई किन भैरहेको छ ?
ओली र प्रचण्डको प्राथमिकतामा
चीनवाट जसरी हुन्छ चाँडो भन्दा
चाँडो इन्धन खरिद गरी ल्याउने प्रकृया
शुरु गर्ने विषय परेको छैन भन्ने व्यवहार
वाट पुष्टि भएको छ ।
चीनले कर छुट नदिएमा चीनवाट
ल्याइने इन्धन महंगो हुने हुनाले कर छुट
गराउन कुराकानी भैरहेको भनेर
जनतालाई ढाँट्ने काम ओली र प्रचण्डले गरिरहेका छन् ।
कर छुट नदिंदा पनि चीनवाट ल्याइने पेट्रोल प्रति लिटर १५० रुपैयाँ मात्र पर्दछ भनेर सरकार स्वयम्ले स्वीकार गरिसकेको
छ । ग्याँस ल्याउँदा पनि प्रति सिलिण्डर पाँच सय रुपैयाँ सम्म महंगो पर्न सक्ने वताइएको छ ।
कालो वजारमा पेट्रोल तीन सय देखि पाँच सय तिर्न तयार जनता चीनवाट १५० आउँछ भने किन्न तयार छन् । चीनको
पेट्रोल भारतको भन्दा गुणस्तरिय पनि छ ।
ग्याँस कालो वजारमा दोव्वर मूल्यमा किन्न वाध्य जनता चीनवाट पाँच सय महंगोमा आएपनि किन्न तयार छन् । तर
भारत संग झुकेर गलत सम्झौता नगरोस् भन्ने जनताको अभिमत रहेको छ ।
चीनको कर छुट विषयमा चीन संग कुराकानी गर्दै गरे हुन्छ । तर अहिले नेपाली जनतालाई तुरुन्तै इन्धन चाहिएको छ, त्यो
ल्याउन शुरु गरिहाल्न पर्दथ्यो सरकारले । तर ओली र प्रचण्डले वहाना बाजी मात्र गरिरहेको छ ।
केरुङको नाका साँघुरो अवश्य छ, तर कति पनि इन्धन ल्याउन नसकिने होइन । जति सकिन्छ ल्याउँदै गर्दा पनि नेपालको
इन्धन संकट धेरै कम हुने विज्ञहरुले वताइसकेका छन् ।
तातोपानी नाका पनि चीनलाई राम्ररी अनुरोध गरेर तुरुन्तै सुचारु गर्न सकिन्छ । तर सरकारले यो काम पनि अहिले सम्म
गरेको छैन ।
पेट्रोल ल्याउन नेपाल संग भएका टैंकरले काम नदिए चीन लाई नै नेपाल भित्र सम्म ढुवानी गरिदिन अनुरोध गर्न सकिन्छ र
त्यसवापत नेपालले थप रकम दिन सक्दछ ।
नभए चीनवाट नै उपयुक्त केही टैंकर खरिद गर्न सकिन्छ । यस तर्फ पनि ओली सरकार कानमा तेल हालेर वसिरहेको छ ।
ग्याँस ल्याउने सन्दर्भमा पनि यस्तो संकटको वेला चिनियाँ ग्याँस खरिद गरि तुरुन्त ल्याउन खासै पहल नगरेको खुल्न
आएको छ र अनेक वहाना वाजी मात्र गरिरहेको पुष्टि भएको छ । ओली सरकारले महंगो हुने, यातायात समस्या आदि
वहाना गरिरहेको छ ।
चिनियाँ बुलेट वाटै नेपालको नजिकका ग्याँस उद्योग सम्म ल्याइदिने गरि सम्झौता गर्न ओली सरकारले खासै पहल
गरेको छैन । यसको विकल्पमा अहिले तत्काल चीन कै सिलिण्डरमा भरेर सिलिण्डर सहित ल्याउने तरिकामा समेत जान
सकिने विज्ञहरुले वताएका छन् ।
यस्तो गम्भीर संकटको वेला प्रधानमन्त्री ओली स्वयम् चीन भ्रमणमा गई आवश्यक कुराकानी उच्च स्तरमा गरेर इन्धन खरिद
गरि ल्याउने प्रकृया तुरुन्त गराउन पर्दथ्यो । ओलीले अर्थ, वाणिज्य, परराष्ट्र मन्त्री तथा सचीवहरु समेत आफ्नो भ्रमण
टोलीमा समावेश गरेर एकै चोटी सबै सम्झौता गर्न र गराउन सक्दथे ।
यस्तो उच्च स्तरिय टोली चीन गएको भए उहिल्यै इन्धन आउन शुरु भैसकेको हुने थियो । तर प्रधानमन्त्री ओलीमा भारतीय
विस्तारवादका विरुद्ध यसरी हिम्मत साथ सहि ढंगले मुकाविला गर्ने हिम्मत नदेखिएको पर्यवेक्षकहरुले वताउन थालेका
छन् ।
ओली चीन भ्रमणमा नजाने भएका छन् र वरिष्ठ मन्त्रीहरुलाई समेत पनि नपठाई सामान्य कर्मचारी टोलीमात्र पठाएर
जनताको आँखामा छारो हाल्ने काम गर्दैछन् ।
प्रचण्डले पनि ओलीलाई सहि विकल्पमा भन्दा भारत र मधेशी मोर्चा संगै सम्झौता गर्न दवाव दिइरहेको समाचार
श्रोतले वताएको छ ।
प्रचण्ड र ओली पनि देशभक्तिको धोती फालेर घुमाउरो पाराले वावुराम भट्टराई कै वाटोमा जान लागेको आशंका
पर्यवेक्षकहरुले गर्न थालेका छन् ।
nepalsandesh

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved