पाँचथर–केही दिन यता बढेको चिसोको प्रभाव
कम मनेर फिल्महलमा दर्शक खचाखच थिए । बस्ने
ठाँउ नभएर कतिपय उभिएर हेरिरहेका थिए।
पर्दामा धमाधम द्वन्द्वको चलिरहेको थियो।
आफूलाई मन परेकी केटी अर्कै केटाले भगाएर
लगेपछि पिछा गरेर खोस्ने धाउन्नमा थिए
काजी।
केटी भगाएर लैजानेलाई कुटेर काबुमा ल्याईनसक्दै
जव नायिकाले काजीसँग बिहे गर्नु भन्दा मर्छु
भनिन् । तव काजिले छोडेर विगत सम्झिँदै
फर्किए। कथा यहाँनेर पुग्दा खादिएर बसेका
दर्शकहरु जर्याकजुरुक उठेर फिल्मि सकियो भनेर
हिड्न थाले । आधी जस्तो दर्शकले ढोका बाहिर
पुगेपछि थाहा पाए फिल्मि त सकिएको रहेनछ।
फेरि फर्किए, हलमा हाँसो फैलियो।
पछिल्लो समय खुवै प्रचार गरिएको चलचित्र
'कबड्डी–कबड्डी'ले दर्शकालाई झुक्यायो।
सामान्यतया नेपाली फिल्म यस्तो कथा पुगेर
सकिने छाप बोकेका दर्शक यसपल्ट भने मज्जासँग
झुक्किए। केही समय फिल्म बाँकी थियो ।
फिर्किएर हेर्नै पर्यो। यसरी हलमा झुक्किने क्रम
चलिरहेको बताइएको छ। शुक्रबारदेखि पूर्वी
पहाडको फिदिममा रहेको छाब्दी वाराही
चलचित्र मन्दिरमा कबड्डी कबड्डी लागेको हो
। लागेकै दिनदेखि हाउस फूल भईरहेको सञ्चालकले
बताए । ग्रामिण पहाडी जनजीवनको कथा
भएकाले धेरैले रुचाएको देखिन्थ्यो।
उपेन्द्र सुब्बा धामीको भूमिकामा देखापरेपछि
धेरैले उ आङसराङको हैन? भनेर लखकाटे । फिल्ममा
पनि उस्तै बोल्दो रैछ भन्नेहरु पनि थिए ।
पहाडको सानो हलभएपनि नयाँ नयाँ चलचित्र
आउँदा भिडभाड हुन्छ । यसपल्ट पनि यस्तै थियो
। भिडले दृष्यलाई हुटिङले साथ दिनसमेत
भ्याएको देखिन्थ्यो। समाजको कथालाई
टिप्न खोजिएकाले रुचिकर बनेको दर्शक हरिराज
आङदेम्बेले बताए । ग्रामिण भुभाग धेरै भएको
जिल्ला भएकाले गाँउवेसीको कथाले मन
छोएको देखिन्थ्यो । खेलको नामा बनाइएको
चलचित्रमा ग्रामिण युवाहरुको अवस्था,
माया, प्रेम, स्वार्थ, अन्धविश्वास र
राजनीतिको अवस्था देखाइको छ।
Home »
Entertainment
» फिल्म चल्दा चल्दै दर्शकहरु
हिडेपछि ...
फिल्म चल्दा चल्दै दर्शकहरु हिडेपछि ...
Posted by Unknown
Posted on 12:26 AM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment