Home » » प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत रन्जित रेवीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत रन्जित रेवीच भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओली र
भारतीय राजदूत रन्जित रेवीच
भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी
निवास बालुवाटारमा भएको
भेटवार्तामा समसामयिक
बिषयमा छलफल भएको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
प्रमोद दाहालले जानकारी
दिनुभयो । भेटमा राजदुत रेले
मधेशका समस्या समाधान गर्ने
मधेशी मोर्चासंग भइरहेको
वार्ताका बिषयमा जिज्ञासा
राख्नुभएको थियो । जवाफमा
प्रधानमन्त्री ओलीले मोर्चालाई
सहमतिमा ल्याउन सरकार
जिम्मेवार भएको भन्दै वार्ता र
छलफलका माध्यमबाट मोर्चालाई
सहमतिमा ल्याइने बताउनुभएको
सल्लाहकार दाहालले जानकारी
दिनुभयो । यस्तै भेटमा भारतले
गरेको अघोषित नाकावन्दी
खुलाउने बिषयमा पनि छलपलभएको
थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved