Home » » ‘काठमाडौं– मधेस सम्बन्ध टुट्न सक्छ’

‘काठमाडौं– मधेस सम्बन्ध टुट्न सक्छ’


जनकपुर – तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख
तीन दलले वार्तालाई गम्भीरतापूर्वक
नलिए काठमाडोंसँग मधेसको सम्बन्ध
टुट्न सक्ने बताएका छन् । संयुक्त
लोकतान्त्रिक मधेसीमोर्चाद्वारा
बुधबार पूर्व–पश्चिम राजमार्गको
ढल्केबरमा आयोजित संघीय गठबन्धन
विरोध सभालाई सम्बोधन गर्दै उनले ३
दलले वार्ताको नाममा खेलबाड गरेको
आरोप पनि लगाए ।
‘१ सय ९ दिनको आन्दोलनपछि मात्र
उनीहरुले मधेस मुलुकको लाइफलाइन हो
भन्ने थाहा पाएका छन् । वार्तालाई
गम्भीरतापूर्वक लिइएन भने मुलुकको
लाइफलाइन टुट्न सक्छ । दुर्घटना
योजना बनाएर हुँदैन, जतिबेला पनि हुन
सक्छ’ उनले भने ।
वर्तमान सरकारलाई खिचडी
सरकारको संज्ञा दिँदै ठाकुरले
मोर्चाका मागबारे पटकपटक लिखित
तथा मौखिक जानकारी गराइए पनि
सरकार बेखबर बनेको आरोप लगाए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved