Home » » ठूलो आशा गरेका जनतालाई प्रधानमन्त्रीले बनाए निराश

ठूलो आशा गरेका जनतालाई प्रधानमन्त्रीले बनाए निराश


१६ मंसिर, काठमाडौं ।
आज हुने भनिएको निर्णायक वार्ता अन्तिम समयमा आएर स्थगित भएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले
दिएका छन् ।
प्रधानमन्त्रीको ट्वीटर अकाउण्टबाट यस्तो जानकारी दिइएको हो । ओलीले प्रमुख तीन दलबीच भोलि विहान
वार्ता भएपछि मात्र अर्को मिति तय हुने जानकारी पनि दिएका छन् ।
प्रधानमन्त्रीको ट्वीटमा भनिएको छ, ‘आज निर्धारित प्रमुख प्रतिपक्ष, मधेसी मोर्चा र सत्तापक्षको वार्ता स्थगित
भएको छ । भोलि विहान प्रमुख तीन दलको बैठकपछि अर्को मिति तय हुनेछ ।’
गत बुधबारको प्रारम्भिक वार्ता पछि आज हुने भनिएको सरकार, प्रतिपक्षी दल र मधेशी आन्दोलनकारी मोर्चाबीचको
वार्ता आज निर्णायक हुन सक्ने चर्चा चलिरहेको थियो । यद्यपी सबै कुराहरु हेर्दा आजको वार्ता पनि निर्णायक हुन
कठिन देखिएको चर्चा भैरहेको समयमा प्रधानमन्त्रीले वार्ता स्थगित भएको जानकारी दिएका छन् ।
वार्ता स्थगित हुनुको कारणबारे प्रधानमन्त्रीले खुलाएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सत्तापक्षीय दलका विभिन्न नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
नेताहरुबीच लचक भएर अघी बढ्ने सहमति भएको छ तर के सम्म गर्ने के सम्म नगर्ने भन्ने स्पष्ट खाका छैन ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved