Home » » मधेसी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता स्थगित

मधेसी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता स्थगित

काठमाडौं, मंसिर १६ । मधेसी दलहरुका माग
सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न
बुधबार (आज)का लागि तय भएको त्रिपक्षीय
वार्ता स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल,
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी
मोर्चाको वार्ता आह्वान गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६
बजे सुरु हुने भनिएको वार्ता स्थगित
भएको हो ।
विहीबार (भोलि) बिहान प्रमुख तीन दलको
बैठकपछि वार्ताका लागि अर्को मिति तय
हुने प्रधानमन्त्री ओलीले ट्वीटमार्फत्
जानकारी गराएका छन् ।
Source:-imagekhabar.com

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved