Home » » जमुनाहा नाकामा झडप, प्रहरीमाथि पेट्रोल बम प्रहार, स्थिति तनावग्रस्त

जमुनाहा नाकामा झडप, प्रहरीमाथि पेट्रोल बम प्रहार, स्थिति तनावग्रस्त

नेपालगन्ज, मंसिर १६ । बाँकेको
नेपालगन्जस्थित जमुनाहा नाकामा
आन्दोलनकारी र प्रहरीबीच बुधबार (आज)
झडप भएको छ ।
झडपकैक्रममा आन्दोलनकारीले प्रहरीमाथि
पेट्रोल बम प्रहार गरेका छन् । प्रहरी र
प्रदर्शनकारीबीच झडप भएपछि अहिले स्थिति
तनावग्रस्त बनेको छ ।
झडपमा एक प्रहरीसहित दर्जन बढी
आन्दोलनकारी घाइते भएका छन् । मोर्चाका
कार्यकर्ताले भारतीय
भूमिमा बसेर ढुंगा प्रहार गरेपछि स्थिति
असहज बनेको हो ।
मोर्चाले भने आफूहरुको शान्तिपूर्ण धर्नामा
प्रहरीले ढुंगा हानेको आरोप लगाएको छ ।
नाकामा तनाव उत्पन्न भएपछि सवारी–
साधनको साथै पैदल आवत–जावतमासमेत रोक
लगाइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved