Home » » सदन खुलाउन शीतल निवासमा विद्या र सिंहदरवारमा ओनसरी सक्रिय

सदन खुलाउन शीतल निवासमा विद्या र सिंहदरवारमा ओनसरी सक्रिय


२८ मंसिर, काठमाडौं । लगातार भइरहेको संसद अवरोध
हटाउने प्रयासमा सोमबार राष्ट्रपति विद्या
भण्डारी र सभामुख ओनसरी घर्तीले पहल गरिन् । तर,
प्रमुख विपक्षी कांग्रेस आफ्नो अडानमा टसमस भएन ।
बरु उसले राष्ट्रपतिले बोलाएको बैठकमा सहभागिता
नै जनाएन ।
सभामुख ओनसरी घर्तीको आहृवानमा प्रमुख तीन
दलको बैठक सिंहदरवारमा साँझ ५ बजे बसेको थियो ।
बैठकमा कुनै सहमति भने हुन सकेन ।
सत्तारुढ दलहरुले प्राधिकरण गठनसम्वन्धी विधेयकलाई
पहिलो कार्यसूचीमा राखे र लगतै अर्को बैठक राखेर
संविधान संशोधनसम्वन्धी विधेयक पेश प्रस्ताव
राखेका छन् । तर, कांग्रेसले पुनर्निर्माण र संविधान
संशोधन विधेयक सँगै अघि बढाउनु पर्ने अडान राखेको छ

लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले
पुनर्निर्माण विधेयक पास गर्न दिने बताएपनि
कांग्रेसले सदन चल्न दिएको छैन ।
राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेस अनुपस्थित
सभामुख ओनसरी घर्तीको आहृवानमा भएको बैठक
सकिए लगतै सत्तारुढ दलका नेताहरु राष्ट्रपति भवन
शीतल निवास पुगे ।
राष्ट्रपति विद्या भण्डारीले कांग्रेस, एमाले,
एमाओवादी र मधेसी मोर्चाका नेताहरुलाई
बोलाएकी थिइन् । तर, कांग्रेस नेताहरु उपस्थित भएनन् ।
कांग्रेसबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता
शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई
बोलाइएको थियो । कोइराला अवस्थ भन्दै
सिंहदरवारको बैठकमा अनुपस्थित थिए । तर, उक्त
बैठकमा रहेका उपसभापति पौडेल पनि अवस्थताको
कारण देखाउँदै शीतल निवास गएनन् ।
सत्तारुढ र मधेसी मोर्चाका नेताहरु उपस्थित बैठकमा
राष्ट्रपति प्राधिकरण विधेयक र मधेस आन्दोलनबारे
चासो व्यक्त गरेकी थिइन् ।
जाडो सुरु भइसकेको भन्दै उनले प्राधिकरण विधेयक कहाँ
पुग्यो, किन रोकियो भन्दै चासो राखेकी थिइन् ।
जवाफमा नेताहरुले प्राधिकरण विधेयक पास गर्न
सहमति भइरहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले मधेस आन्दोलन सुरु भएको लामो
समय भइरहेको भन्दै सहमति प्रयासबारे चासो राखेकी
थिइन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved