Home » » संसदले पनि टेरेन् मधेसी मोर्चालाई, नारा लगाउने मधेसवादी दलका सभासदको ‘बेइज्जत’

संसदले पनि टेरेन् मधेसी मोर्चालाई, नारा लगाउने मधेसवादी दलका सभासदको ‘बेइज्जत’

संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक पेशकाठमाडौं, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकोअवरोधका बाबजुद व्यवस्थापिका संसदको बैठक आजबाट सुरु भएको छ ।मोर्चाको अवरोधका कारण करिब दुई महिनादेखि अवरुद्ध आएको संसदमामधेसवादी दलका सासंदलाई अटेरी गर्दै मंगलबार दुईवटा महत्वपूर्ण विधेयक पेशगरिएको छ ।निर्धारित समयभन्दा निक्कै ढिलो सुरु भएको आजको बैठकमा नेपालकोसंविधान संशोधन गर्न बनेका दुई वटा विधेयक सरकारकातर्फबाट कानुन, न्यायतथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले पेश गरे ।यसअघि, विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभवितसंरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ सदन समक्षपेश गरेकी थिईन् ।महत्वपूर्ण दुई विधेयक पेश भइरहँदा मधेसी सांसदहरु नाराबाजी गरिरहेका थिए । तर,संसदले सुन्दै सुनेनन् । संसदले अटेरी गरेपछि नारा लगाउँदा लगाउँदै मधेसी सांसदहरुकोलाज भयो । पछि आफैले नाराबाजी रोकेर बाहिर निस्किए । संसदको आजकोकदमले मधेस आन्दोलन थप कमजोर भएको देखिएको छ ।यसअघि सरकार तथा कांग्रेसले पनि मोर्चालाई वार्ता बोलाएर भुलाउनखोजिरहेका थिए । उनीहरुका माग पुरा गर्नमा कांग्रेस एमाले र एमाओवादीलेअटेरी गर्दै आएका थिए ।के–के भयो आजको संसद बैठकमा ?संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सो विधेयकले आफ्नो आन्दोलनकामागलाई सम्बोधन गर्न नसक्ने जनाउँदै एकमुष्ट सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।सत्तारुढ दल र प्रतिपक्ष काँग्रेसले भने संविधान संशोधनसम्बन्धी सो विधेयकलेआन्दोलनको माग सम्बोधन गर्न मार्गप्रशस्त गर्ने सन्दर्भमा आधार तयार गर्नेविश्वास लिएका छन् । नेपालको संविधान गत असोज ३ गते जारी भईकार्यान्वयनका चरणमा छ ।मोर्चासँग आबद्ध दलले मधेसी जनताको माग र भावना अनुरुप नरहेको भनीसंविधानलाई अस्वीकार गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आन्दोलन गरेकोएक सय दिन पार गरिसकेको छ । निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलोअर्थात् अपराह्न १५ः३० बजे सुरु भएको बैठकको प्रारम्भमा संयुक्त लोकतान्त्रिकमधेसी मोर्चाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।पत्र पढेर सुनाइयोसभामुख ओनसरी घर्तीले उनीहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उहाँहरुलेत्यसलाई अस्वीकार गरेपछि विरोध भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयबाट प्राप्त वर्तमान मन्त्रिपरिषद् गठन, कार्यविभाजन र हेरफेसम्बन्धीपत्र पढेर सुनाईन् ।हेरफेर तथा थपघटसभामुखले व्यवस्थापिका–संसद् अन्तर्गतका विभिन्न समितिमा सदस्यको नामथपघट तथा हेरफेर गरिएको छ । बैठकमा सभामुखले व्यवस्थापिका–संसद्नियमावली मस्यौदा समितिमा रहने सदस्यको नाम थप गरिएको जानकारीदिईन् ।प्रतिवेदन पेसमहिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापतिरञ्जुकुमारी झालाई समितिको वार्षिक प्रतिवेदन पेस गर्न सभामुखले अनुमतिदिनासाथ मोर्चासँग आबद्ध दलका सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे ।उनीहरुले नाराबाजी गरिरहँदा समितिका सभापति झाले समितिको वार्षिकप्रतिवेदन प्रस्तुत गर्दै सङ्क्षिप्त प्रतिवेदन वाचनसमेत गरेर सुनाईन् ।पुनःनिर्माण विधेयक प्रस्तुतत्यसको लगत्तै विधायन समितिका सभापति गङ्गा चौधरी (सत्गौवा)ले‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिकोप्रतिवेदन, २०७२’ सदन समक्ष प्रस्तुत गरिन् ।सभापति चौधरीले उक्त विधेयक प्रस्तुत गरिरहँदा मोर्चासँग आबद्ध दलका सांसदलेनाराबाजी गरिरहेका थिए । । संसद्मा उक्त विधेयक प्रस्तुत गर्ने विषयमासत्तापक्ष र प्रतिपक्षबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।संसद्को अर्काे बैठक पुस १ गते अपराह्न ४ः०० बजे बस्ने छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved