जुम्ला, २० मङ्सिर । जुम्लाको विकट गाविस
मालिकाठाँटा-९ खोप्रीगाउँमा जन्मेकी
विष्णुमाया बुढाले हङकङमा भएको एम्सिग
लाङ्टाउ पाँच किमी भर्टिकल टे«ल रनिङ तथा
हाइकिङ दौड प्रतियोगितामा प्रथम स्थान
हासिल गरेकी छन् ।
उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथम
स्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकी
उनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली
स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले
जानकारी दिनुभयो । दौडमा फ्रान्स, केन्या र
हङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय र
चौथो स्थानमा रहेका थिए ।
त्यसैगरी आज भएको ५० किमी एम्सिग लाङ्टाउ
दौड प्रतियोगितामा भने बुढाले चौथो स्थान
हात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङ
डलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटक
विदेश यात्रा र खेलमा सहभागी भएको पहिलो
मौकामा नै प्रथम स्थान हात पारेकी हुन् । दुई
साताअघि पनि उनले मनास्लुको म्याराथुनमा २२०
किमीमा प्रथम सुरक्षित गरेकी थिइन् ।
मनास्लु म्याराथुनमा पुरुषतर्फ जुम्लाकै
दीपेन्द्रबहादुर बमले प्रथम स्थान हासिल गरेको
अध्यक्ष शाहीको भनाइ छ । विष्णुमायालाई
हङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा
सहभागी गराउन नेपाल टे«ल रनिङले स्पोन्सर गरेको
क्लबका सल्लाहकार नारायण आचार्यले
बताउनुभयो । बुढालाई कर्णालीका
हिमचितुवाका नामले चिनिने म्याराथुन धावक
हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै आउनुभएको
थियो । रासस
Home »
Nepali News
» कर्णालीकी छोरी हङकङमा
भएको दौड प्रतियोगितामा
प्रथम
कर्णालीकी छोरी हङकङमा भएको दौड प्रतियोगितामा प्रथम
Posted by Unknown
Posted on 7:34 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment