Home » » आन्दोलन गर्ने मोर्चाका नेता प्रहरी नियन्त्रणमा

आन्दोलन गर्ने मोर्चाका नेता प्रहरी नियन्त्रणमा

रुपन्देही। आपूर्ति व्यवस्था प्रभावित हुने गरी
नेपाल–भारत सीमा नाका बेलहियास्थित
दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी
मोर्चा रुपन्देहीका नेतालाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
आइतवार दिउँसो नेपाल–भारत सीमा नाका
बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै
आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी
मोर्चामा आबद्ध छ जना नेतालाई पक्राउ
गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले
जनाएको छ ।
File Photo
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव,
सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा
पूर्वसभासद् ओमप्रकाश यादव गुल्जारी, तराई
मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष
श्रीनिवास यादव, तमलोपाका जिल्ला
अध्यक्ष अजय वर्मा, गणेश पल र रामकुमार सिंह
रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका
प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले
जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved