जुम्ला, २० मङ्सिर । जुम्लाको विकट गाविसमालिकाठाँटा-९ खोप्रीगाउँमा जन्मेकीविष्णुमाया बुढाले हङकङमा भएको एम्सिगलाङ्टाउ पाँच किमी भर्टिकल टे«ल रनिङ तथाहाइकिङ दौड प्रतियोगितामा प्रथम स्थानहासिल गरेकी छन् ।उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथमस्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकीउनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णालीस्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीलेजानकारी दिनुभयो । दौडमा फ्रान्स, केन्या रहङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय रचौथो स्थानमा रहेका थिए ।त्यसैगरी आज भएको ५० किमी एम्सिग लाङ्टाउदौड प्रतियोगितामा भने बुढाले चौथो स्थानहात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङडलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटकविदेश यात्रा र खेलमा सहभागी भएको पहिलोमौकामा नै प्रथम स्थान हात पारेकी हुन् । दुईसाताअघि पनि उनले मनास्लुको म्याराथुनमा २२०किमीमा प्रथम सुरक्षित गरेकी थिइन् ।मनास्लु म्याराथुनमा पुरुषतर्फ जुम्लाकैदीपेन्द्रबहादुर बमले प्रथम स्थान हासिल गरेकोअध्यक्ष शाहीको भनाइ छ । विष्णुमायालाईहङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामासहभागी गराउन नेपाल टे«ल रनिङले स्पोन्सर गरेकोक्लबका सल्लाहकार नारायण आचार्यलेबताउनुभयो । बुढालाई कर्णालीकाहिमचितुवाका नामले चिनिने म्याराथुन धावकहरिबहादुर रोकायाले प्रशिक्षण दिँदै आउनुभएकोथियो । रासस
Home »
Nepali News
» कर्णालीकी छोरी हङकङमा भएको दौड प्रतियोगितामा प्रथम
कर्णालीकी छोरी हङकङमा भएको दौड प्रतियोगितामा प्रथम
Posted by Unknown
Posted on 7:38 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment