हेट स्टोरी–३ का लागि बलिउड अभिनेत्री डेजी शाहले धेरै
कुरा दाउमा लगाइदिइन् । आफ्नो कामुक रूपले दर्शकको मन
जितोस भन्ने अभिप्रायले उनले कुनै कसर बाँकी नराखेको
बलिउड विश्लेषकहरू बताउँछन् । हेट स्टोरी–३ मा इन्टिमेट
सिनका अतिरिक्त उनको बोल्ड एन्ड सेक्सी लुक्स देखिन्छ ।
सलमान खानको खोजी मानिने चलचित्र ‘जय हो’ की
अभिनेत्री डेजीले पहिलो पटकमै लोकप्रिय अभिनेतासँग
स्क्रिन सेयर गर्न पाए पनि फिल्म उद्योगमा आफ्नो
बलियो उपस्थिति दर्साउन सकिनन् । जय हो फ्लप
क्याटोगरीमा पर्नु पनि उनका निम्ति अभिशाप सावित
भएको थियो । हेट स्टोरीको घृणाको प्रेमकथामा उनलाई
निर्देशकले ग्लामरस र सेक्सी रूपमा प्रस्तुत गर्न चाहेका थिए,
जसलाई डेजीले सहजै स्वीकार गरिन् । यो लुक्सका लागि
डेजीले पर्याप्त मेहनत पनि गर्नुपर्यो । हेट स्टोरी–३ मा सलमानकै अर्की खोज चलचित्र ‘वीर’ कि नायिका जरिन खानले पनि अभिनय
गरेकी छिन् । चलचित्रकी प्रतिस्पर्धी सलमान ब्यानरकै खोज भएकाले पनि डेजीले आफूलाई जरिनभन्दा बोल्ड देखाउने हिसाबले प्रस्तुत गरेको
बताइन्छ ।
Home »
Entertainment
» डेजीले हट सिन स्वीकारीन् ...
डेजीले हट सिन स्वीकारीन् ...
Posted by Unknown
Posted on 5:39 AM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment