Home » » आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

कञ्चनपुर, मंसिर १६ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको
आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
भएको छ ।
पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी
हुँदा उनका तीनजना छोराछोरीको जलेर मृत्यु भएको हो । मृत्यु
हुनेमा सरिताका ११ बर्षीय छोरा अर्जुन, ८ बर्षीय किरण र ५
बर्षीया छोरी प्रिया छन्

आगलागीमा सरिता र एक छोरा भने घाइते भएका छन् । राति
खाना खाएपछि अंगेनामा आगो ननिभाएकाले आगो सल्किएर घर
जलेको प्रहरीको अनुमान छ ।
सरिताका श्रीमान् भने वैदेशिक रोजगारका लागि भारतमा रहेका
छन् । आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved