Home » » भारतको चेन्नइमा भीषण बाढीमा परी ५६ जनाको मृत्यु

भारतको चेन्नइमा भीषण बाढीमा परी ५६ जनाको मृत्यु



काठमाडौं, मंसिर १६ । भारतको चेन्नइमा आएको भीषण
वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ ।
बाढीमा परी सयौं विस्थापित भएका छन् । भीषण वर्षाका कारण
चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।
बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र
राष्ट्रिय विपद् बल परिचालन गरेको छ । चेन्नईको विमानस्थल
डुवानमा परेपछि
मंगलबार साँझदेखि बन्द गरिएको छ ।
वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा
विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा
गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत्
सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८
घण्टासम्म पानी पर्ने अनुमान गरेको छ । (एजेन्सी)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved