Home » » कार्यकर्तालाई राजेन्द्र महतोको कडा निर्देशन- जहाँ भेटियो त्यही ठोक !

कार्यकर्तालाई राजेन्द्र महतोको कडा निर्देशन- जहाँ भेटियो त्यही ठोक !

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई
नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन
दिएका छन् । तीनदिन यता मोरङमा रहेका महतोले
मंगलबार डायनिया बजारमा आयोजित सभालाई
सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमओवादीका
सांसद जहाँ भेटिन्छन् त्यही पक्रनुस्, धोखाधडी र
बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’
उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुको
घर घेराहाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् ।
महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका
सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्,
घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन
लगाएर, हात्तिघोडा केकेमा हुन्छ, बजार घुमाउनुस्
अनि धोखाधडी र बेइमानीबारे हिसाबकिताब
लिनुस् ।’
उनले जारी आन्दोलन वारपारको आन्दोलन भएकोले
घरघरबाट लाठी लिएर निस्कन आग्रह गरे । ‘अभि
नही तो कभि नही’ महतोले भने, ‘अब हरेक घरघरबाट
बुढा, जवान र महिला हातहातमा लाठी लिएर
बाहिर निस्कनुपर्छ । अनिमात्र खोसिएको
मधेसको भूमि र अधिकार फिर्ता हुन्छ ।’
पहाडिया र मधेसिया भन्ने शब्द प्रयोग गर्दै १
घण्टाभन्दा बढी समयसम्म अत्यन्तै उत्तेजक भाषण
गरेका महतोले सहभागी मधेसी मोर्चाका
कार्यकर्तालाई भने, ‘यहीबाट मत लिएर सांसद
भएका, कांग्रेस, एमाले र एमाओवादीका
सांसदसित हिसाबकिताब माग्ने बेला आएको छ ।
उनीहरुलाई खोजीखोजी हिसाबकिताब माग्नुस्
।’ कान्तिपुर दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved