Home » » मधेशी मोर्चाद्धारा फेरि बन्द आह्वान

मधेशी मोर्चाद्धारा फेरि बन्द आह्वान


पुस २ | राधेश्याम विश्वकर्मा
भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी
मोर्चाले पुस ३ गते देखी फेरी
अनिश्चितकालीन बन्दको आव्हान
गरेको छ । केही दिन रुपन्देहीका
ग्रामीण क्षेत्र खुल्ला गरेको मोर्चाले
शुक्रबार देखी आक्रमक एवम शशक्त रुपमा
जाने बताएको छ ।
धकधईमा भएको एक कार्यक्रममा
मोर्चाका संयोजक महेन्द्र यादवले
अबको आन्दोलन शशक्त रुपमा बनाउने
बताए । रुपन्देहीमा मोर्चा धेरै नरम भएर
गएको र मोर्चाको यो नर्मीलाई
कालोबजारी गर्नेहरुले कमजोरी
ठानेकोले नवलपरासी लगायत अन्य
स्थानमा तेल कारोबारीलाई
गरिएको कार्यवाही यहा पनि गर्न
बाध्य भएको उनले चेतावनी दिए ।
मोर्चाका नेताहरु सीमामा
शान्तीपूर्ण रुपमा धर्ना दिन जादा
प्रहरीले हिरासतमा लिएको बताउदै
उनले यसको पनि शशक्त प्रतिरोध गरिने
बताए ।
अबको आन्दोलन निर्णायक र अन्तिम
धक्का दिने खालको हुनाले रुपन्देहीको
शहरी क्षेत्रमा आन्दोलन केन्द्रित गर्ने
मोर्चाको भनाई छ । मोर्चाका घटक
सदभावना पार्टीका केन्द्रिय
उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी)
ले संसोधन संसोधन गरि लिपिवद्ध नगरे
सम्म आन्दोलन नरोकिने बताए ।
मोर्चाका संयोजक महेन्द्र यादवले
अहिले सम्म मोर्चाले “भनेको कुराहरु अब
गरेर देखाउने” चेतावनी दिए ।
सै गरि मोर्चाका अर्का सदस्य सरोज
कुमार पाण्डेले रुपन्देहीका प्रजिअ
दमनमा उत्रिएको आरोप लगाए । उनले
निषेद्याज्ञाको नाममा सिडिओले
मधेशीलाई मात्र चेकजाच तथा अन्य
तरिकाले दमन गरेको आरोप लगाए ।
मोर्चाको कार्यक्रममा तमलोपाका
अजय वर्मा, तमसपाका श्रीनिवास
यादव, क्षेत्र नं. १ का ईन्चार्ज बिद्या
यादव, प्रदीप कुमार पाण्डे, देवेन्द्र
पाण्डे लगायतका नेताहरुको उपस्थिति
रहेको थियो । संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चाले केही दिनको लागी
बन्द खुलाएको भए पनि संघिय समावेशी
मधेशी गठबन्धनले रुपन्देही बन्द यथावत
रहेको प्रेस बिज्ञप्ती जारी गरेको
थियो । बन्दकै क्रममा संयुक्त
लोकतान्त्रिक मधेशी मोर्चाले फेरी
बन्द आव्हान गरेको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved