Home » » रातो मच्छिन्द्रनाथको मन्दिर श्रीलंकाले बनाइदिने

रातो मच्छिन्द्रनाथको मन्दिर श्रीलंकाले बनाइदिने


भूकम्पले क्षतिग्रस्त भएको ललितपुरको रातो मच्छिन्द्रनाथ र बुंगमतीको आनन्द कुटि श्रीलंका सरकारले बनाइदिने भएको
छ।
रातो मच्छिन्द्रनाथ र आनन्द कुटी बनाइदिने बिषयमा सोमबार श्रीलंका सरकारका राजदुत डब्लु एम सेनेभिरत्न र पुरातत्व
बिभागका महानिर्देशक भेषनारायण दाहालले एक सम्झौतामा हस्ताक्षर गरेका छन्।
रातो मच्छिन्द्रनाथ र आनन्द कुटिको निर्माणमा लाग्ने सबै खर्च श्रीलंका सरकारले ब्यहोर्ने गरी सम्झौता भएको
पुरातत्व बिभागका महानिर्देशक दाहालले जानकारी दिएका छन्।
दाहालले भने ‘रातो मच्छिन्द्रनाथ र आनन्द कुटिको निर्माणमा लाग्ने सबै खर्च श्रीलंका सरकारले ब्यहोर्ने छ, निर्माण
श्रीलंका सरकारले गरिदिने भएपनि यसमा पुरातत्व बिभागको डिजाइन र निरिक्षण रहन्छ। ’
यसअघि चीन सरकारले बसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार निर्माण गरिदिने सम्झौता गसिकेको छ।
साथै बसन्तपुरको नौ तले दरबारको भने निर्माण कार्य समेत अघि बढेको दाहाल बताउँछन्। अध्ययनको काम सकिसकेको र
निर्माण कार्य सन् २०१६ बाट थाल्ने चीनका प्रतिनिधीले बताएको दाहालले जानकारी दिए।
त्यस्तै भक्तपुरको चाँगुनाराण मन्दिरको निर्माणको जिम्मा एक आइएनजिओलाई दिइएको छ । साथै यसको पनि
निर्माण कार्य सुरु भइसकेको छ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved