Home » » नेपालमा नाकाबन्दी लगाउँदा मोदीलाई पछुतो, सहयोगी छिमेकी खोज्दै भारत....

नेपालमा नाकाबन्दी लगाउँदा मोदीलाई पछुतो, सहयोगी छिमेकी खोज्दै भारत....

काठमाडौं, १ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र
मोदीलाई नाकाबन्दी लगाएर नेपालसँग सम्बन्ध
बिग्रिएकोमा पछुतो लागेको छ ।
मंगलबार भारत ‘अप्ठ्यारो’ छिमेकमा रहेको भन्दै
मोदीले छिमेकीसँग सम्बन्ध सुधारका लागि आफूले
प्रयास गरिरहेको बताएका छन् ।
दक्षिण भारतमा रहेको कोची शहर नजिकै एक
जहाजमा सुरक्षा प्रमुखहरु उपस्थित कार्यक्रममा
मोदीले भारतले आफ्नो छिमेकीहरूसँग सौहाद्रपूर्ण
सम्बन्ध स्थापना गर्न प्रयासरत रहेको बताए ।
उनले भने- ‘हाम्रो छिमेक हाम्रो भविष्य र
संसारमा हाम्रो स्थानका लागि महत्वपूर्ण छ । तर
हाम्रो छिमेक अप्ठ्यारो छ र यहाँ धेरै प्रकारका
सुरक्षा चुनौतिहरु छन् ।’ मोदीको भनाईअनुसार
सबैभन्दा नजिकको छिमेकी नेपालसँग सम्बन्ध
विग्रिएपछि भारत अप्ठेरोमा परेको बुझिन्छ ।
अर्काे छिमेकी देश पाकिस्तानसँग धेरै पहिलेदेखि
भारतको सम्बन्ध राम्रो छैन् । माल्दिभ्सदेखि
श्रीलङ्कासम्म समुद्रमा र नेपालदेखि भुटानसम्म
हिमालमा हामी आफ्नो राष्ट्रिय स्वार्थलाई र
छिमेकीसँगको सम्बन्धलाई जगेर्ना गर्न लागिपरेको
उनले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved