Home » » भारतीय राजदूत रञ्जीत रे भन्छन्- संविधान संशोधन गर्दा मधेस आन्दोलन रोकिन्छ ?

भारतीय राजदूत रञ्जीत रे भन्छन्- संविधान संशोधन गर्दा मधेस आन्दोलन रोकिन्छ ?

काठमाडौं, १ पुस । भारतीय राजदूत रञ्जीत रेले
नयाँ संविधान संशोधन गर्दा मधेस आन्दोलन के हुन्छ
भनेर प्रश्न गरेका छन् ।
सरकारले मंगलबार संसदमा संविधान संशोधन विधेयक
पेश गरेपछि बुधबार विहानै मधेसवादी दलका
नेताहरुसँग छलफल गर्दै रेले मधेसको माग सम्बोधन हुन्छ
कि हुँदैन् भनेर प्रश्न गरेका हुन् ।
राजदूत रे लाई भेट्न गएका संघीय समावेशी मधेसी
गठबन्धनका नेताहरुले जवाफमा आफूहरुको नौ बुँदे
मागका विषयमा राजदूतलाई जानकारी गराएका
थिए । ९ बुँदे माग पुरा गर्न सरकार सकारात्मक
देखिएको र संशोधन विधेयकबारे आफूहरुलाई
जानकारी नभएको उनीहरुले बताए ।
साथै नेताहरुले मधेसको माग पुरा नभएसम्म आन्दोलन
तुहाउने खेल हुन नदिन राजदूत रेलाई आग्रह गरेको
भेटमा सहभागी नेता अनिल झाले जानकारी दिए

उनका अनुसार राजदूत रेले वार्ताको माध्यमबाटै
सबै समस्याको निकास खोज्न सुझाव दिएका
थिए । भेंटमा नेताहरू शरद सिंह भण्डारी, जेपी
गुप्ता, अनिल झा र राजकिशोर यादव थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved