Home » » साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु


मंसिर २८, २०७२-
रोजगारीको सिलसिलामा
साउदी अरब आएका एक नेपालीको सुतेकै
ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६
बरडमाका २७ वर्षीय चित्रबहादुर
मगरको हृदयघातका कारण शनिबार सुतेकै
अवस्थामा मृत्यु भएको हो । मगर
साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम
गु्रपमा हेल्परका रुपमा कार्यरत थिए ।
ड्युटीबाट फर्केर राति खाना खाएर
सुतेका मगर बिहान ओछ्यानमै मृत
भेटिएको सोही कम्पनीमा कार्यरत
मोहन बिएसकेले जानकारी दिए ।
मगर ३१ महिना अघि रोजगारीका
लागि साउदी अरब आएका थिए ।
उनको शव रविकस्थित सेन्ट्रल
अस्पतालको शव गृहमा राखिएको छ ।
मगरको मृत्युको विषयमा दूतावासलाई
जानकारी गराइएको र उनको शव
जतिसक्दो छिटो स्वदेश पठाउनका
लागि कम्पनीमा पहल भइरहेको बिएसकेले
बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved