Home » » २३ वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान, जन्मिँदै बच्चाले राख्यो विश्वकिर्तिमान

२३ वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान, जन्मिँदै बच्चाले राख्यो विश्वकिर्तिमान


विज्ञानको चमत्कारको ताजा नमूना हालै
अस्ट्रेलियामा प्रकट भएको छ । एलेक्स पावेलले
जिवनमा बच्चाको बाउ बन्ने सपना २३ वर्षअघि नै
त्यागिसकेका थिए, जतिबेला उनी केवल १५ वर्षका
मात्र थिए । यसको कारण हो, डाक्टरहरुले उनको
सरीरमा क्यान्सर रहेको बताएका थिए । यदि बाँच्न
मन छ भने केमोथेरापी गर्नुपर्ने र केमोथेरापीका कारण
नपुंशकता हुनसक्ने चेतावनी पनि डाक्टरहरुले दिएका
थिए ।
निकै कठीन परिस्थिति उनको सामुन्ने आयो ।
जिवनमा बाँच्नु नै पहिलो प्राथमिकता हो । तर
बाँचिसकेपछि मर्दले दुनियामा आफ्नो
उत्तराधिकारी सिर्जना गर्ने चाहना हुनु पनि
स्वभाविकै हो । अर्थात्, बच्चाको पिता बन्ने सपना
पाल्नु अस्वभाविक थिएन । त्यहीँबेला पावेललाई
उनकी सानिमाले एउटा गज्जबको जुक्ति दिइन् ।
केमोथेरापी गर्नुअघि आफ्नो शुक्रकिटलाई शुक्रकिट
बैंकमा गएर जम्मा गरेर राखेमा भविष्यमा बच्चा
जन्माउन सकिने सल्लाह उनको थियो ।
सानिमाले नै भने अनुसार उनले गरे । उनको केमोथेरापी
पनि भयो र पुरुषत्व गुम्यो । एलेक्सले ढिलो गरी
विवाह पनि गरे, भि पावेल सँग । दम्पतीमा सन्तान
लाभको इच्छा पलायो । अन्ततः पावेलको सुरक्षित
राखिएको शुक्रकिट र उनकी श्रीमतीको डिम्बलाई
टेष्टट्युब प्रविधिबाट गर्भाधान गराइयो । गर्भाधान
सफल भयो । पावेलकी श्रीमतीको पाठेघरमा भ्रुण
राम्रोसँग हुर्कियो र गत जुन १६ गते यो दम्पतीले
पुत्रलाभ गरे ।
छोरा पाएसँगै पावेलको पूरै परिवारको नाम गिनिज
बुकमा लेखिएको छ । स्पर्म ब्यांकमा राखिएको २३
वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान भएको यो विश्वमै
पहिलो घटना भएको बताइन्छ । सामान्यतया यस्तो
संग्रहित शुक्रकिटबाट १० वर्षसम्म मात्र गर्भाधान
सम्भव हुन्छ । चिकित्सा विज्ञानलाई नै चुनौति दिँदै
यो दुनियामा पदार्पण गरेका पावेलका छोरा
जाभिएर पावेलले विश्व किर्तिमान सहित पृथ्वीमा
दमदार इन्ट्री गरेका छन्, होइन त ?

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved