Home » » स्वस्तिमासँग निश्चलको इन्गेजमेन्ट, फागुन ५ मा बिहे

स्वस्तिमासँग निश्चलको इन्गेजमेन्ट, फागुन ५ मा बिहे


नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । उनले चलचित्र
‘होस्टेल रिटर्न्स’की नायिका स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका हुन् ।
निश्चल र स्विस्तिमाको बिहे हुने समाचार केही समय अगाडिदेखि आएपनि दुबैले इन्कार गर्दै आएका थिए । उनीहरुको
इन्गेजमेन्ट आज भएको हो ।
निश्चलको इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएपछि उनका फ्यानहरुले वधाई दिएका छन् । निश्चल भने उनको इन्गेजमेन्टको
खबर सार्वजनिक गर्न चाहदैनथिए । पारिवारिक चिनजानका आधारमा निश्चलले स्वस्तिमाको हात मागेका थिए ।
बिहेकाे मिति फागुन ५ गतेलाइ तय गरिएकाे छ । बिहेमा सबै चलचित्रकर्मीलाइ खबर गर्ने उनकाे याेजना छ । ‘लुट र टलक जंग
भर्सेस टुल्के’ बनाएपछि निश्चलको चर्चा चलचित्र क्षेत्रमा चलेको हो । स्वस्तिमाले बिहे पछि पनि अध्ययन र कला
करिअरलाई निरन्तरता दिनेछिन् ।
तस्बिरःयूविका श्रेष्ठको फेसबुकबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved