Home » » सीपी गजुरेलले दिए मोदीलाई चुनौती

सीपी गजुरेलले दिए मोदीलाई चुनौती


सुनसरी, मंसिर २६ । नेकपा क्रान्तिकारी
माओवादीका उपाध्यक्ष सीपी गजुरेलले
भारतको अघोषित नाकाबन्दीविरुद्ध
कार्यकर्ता परिचालन गरी प्रतिबाद गर्ने
चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा शनिबार
सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले
भारतले नेपालको जलस्रोतमाथि आँखा गाडेर
नाकाबन्दी लगाएको आरोप पनि लगाए ।
‘कोसी, कर्णाली, सेती
र अरुण नदी आफ्नो पक्षमा पार्न भारतले
नेपालमाथि हस्तक्षेपकारी भूमिका खेलेर मधेस
आन्दोलन सफल बनाउन नाकाबन्दी गरेको’
गजुरेलको दाबी थियो ।
उनले नेपालको आन्तरिक मामिलामाथि
हस्तक्षेप नगर्न पनि भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीलाई चुनौती दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved